चन्द्रपुर २८ माघ । मधेश प्रदेश सरकारका भौतिक पुर्वाधर बिकाश मन्त्री सरोज यादबले मधेश प्रदेशमा यही गठबन्धनको सरकार ५ बर्ष नै टिक्ने बताएका छन ।
शनिबार रौतहटको चन्द्रनिगाहपुरमा आयोजित नेकपा एमालेका अगुवा नेता तथा कार्यकर्ता भेटघाट कार्यक्रममा मन्त्री यादबले यस्तो बताएका हुन ।
अन्य प्रदेशमा सत्ता गठबन्धनको खटपट पर्न सक्ला बरु हाम्रो प्रदेशमा ५ बर्ष नै गठबन्धन बिच मिलेर काम गर्ने मुख्यमन्त्री संग समझदारी भएको कारण पनि यो सरकार दिगो रहेको मन्त्री यादबले बताए ।
नेकपा एमालेका मधेश प्रदेशका संसदिय दलहका नेता समेत रहेका मन्त्री यादबले हामीले जनता नै सर्बोपरी ठानेर काम गर्ने कसम खाएको ले त्यस अनुसार काम गर्ने बताए ।
यो सरकारले जनतालाइ नै सर्बोपरी ठानेर काम गर्ने लक्ष्य लिएको कारण समाजका हरेक अंगमा मधेश सरकार भएको अनुभुत हुनेगरी काम गर्ने मन्त्री यादबको भनाइ रहेको थियो ।
यस्तै मधेश प्रदेश सरकारका गृह तथा संचार राज्यमन्त्री केशब राय थारुले पुरानै पार्टीमा आएर काम गर्ने अबसर पाएकोमा हर्षित रहेको बताएका छन ।
रौतहटको बिकाशको लागी जनता संग दुःख सुखमा सधै साथ दिइरहने राज्यमन्त्री थारुले बताए ।
उक्त भेटघाट कार्यक्रममा नेकपा एमाले मधेश प्रदेश कमिटिकी उपसचिब आरती भण्डारी लगाएत चन्द्रपुर,बृन्दावन तथा गुजरा नगरपालिकाका नेकपा एमाले सम्बद्ध अगुवा नेता तथा कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।