Thursday, January 23, 2025

भन्सार छलेर नेपाल भित्राएको  गहुं र चामल बरामद

पछिल्लाे समाचार


रौतहट, २२ माघ ।  गौरको गल्ला भण्डारमा छापा मारेर शनिवार राति प्रहरीले ठूलो परिमाणमा भन्सार छलेको गहुँ र चामल बरामद गरेको छ ।
गौर नगरपालिका वडा नम्वर ५ बरहवा पुल पारी लक्ष्मि गल्ला भण्डारमा गएराति जिल्ला प्रहरी कार्यालय गौरबाट खटिएका प्रहरी टोलीले छापा मारेर भारतबाट भन्सार छलेर  नेपाल भित्रयाएको  गहु बरामद गरेको हो ।
चोर नाका भएर सिमापारी भारतबाट साइकलमा राखेर गहुँ ल्याउदै गरेका भारत सीतमढी वैरगनियाका १८ बर्षिय अर्जुन कुमार र १८ बर्षिय विशाल कुमारलाई प्रहरीले नियन्त्रणमा लिई अनुसन्धान गरीरहेको छ ।
गौर नगरपालिका १ का गोपाल अग्रवालले वडा नम्वर ५ मा संचालन गरेको लक्ष्मि गल्ला भण्डारमा पुर्याउने गरेको बताएपछि गएराति उक्त गल्ला भण्डारमा छापा मारेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।
ना.६ख. ७६६१ नम्वरको ट्रकबाट ५० किलोका दरको ५ सय बोरा बरामद गरेको छ ।
यस्तै प्रहरीले ना.२ ख. ८७८१ नम्वरको ट्रकबाट एकसय ६८ बोरा गहुं सहित २ जनालाई गए राति  नियन्त्रणमा लिइएको   डिएसपी उमाशंकर यादवले बताए ।
यसैगरी आईतवार दिउसो गौर नगरपालिका ५ स्थित नन्दलाल चामल, चिउरा र भुजा उद्योगमा प्रहरीले छापा मारेर अबैध रुपमा नेपाल भित्रयाइएकाे चामल बरामद गरेको छ ।
भारतीय बजारबाट चोर बाटो हुँदै राजस्व छली गरेर भित्रयाइएको दुई सय  बोरा चामल बरामद भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएक‍ छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु