रौतहट २० माघ ।वृन्दावन नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खिमबहादुर भुजेलका कारण सो नपाकाो सरकारी विद्यालयमा दिवा खाजा कार्यक्रम प्रभाबित बनेको गुनासो छ ।
नगरपालिका अन्तर्गतका सबै जसो विद्यालयमा दिवा खाजा कार्यक्रम प्रभावित भएको छ। बिधालयले चालू आवको ६ महिनाको भुक्तानी पाएको छैन ।
विद्यालयका प्रधानाध्यापकहरुका अनुसार ६ महिनादेखि दिवा खाजाको रकम भुक्तानी नभएको बताएका छन ।
एक प्रधानाध्यापकले भने, ‘उधारोमा खाजाको समान ल्याउँदै आएको र अब उधारो दिन पसल साहुहरू आनाकानी गर्न थालेका छन्। भुक्तानी नदिए दिवा खाजा कसरी चलाउने सकस भयो।’
एक शिक्षकले भने,” कमिशन दिनेलाई खुरुखुरु भुक्तानी दिने र कमिशन नदिनेको भुक्तानी रोकेका छन ।”