रौतहट ४ फागुन । वृन्दावन नगरपालिकाकाे विवाद सहमतिमा टुङ्गिएको छ ।
जिल्ला प्रशासन कार्यालय गौरमा बृन्दावनका सबै दलका नेता तथा कार्यकर्ताहरुको छलफल पछि सहमति भएको हो ।
शुक्रबार नदी उत्खनन गर्ने बिषयलाई लिएर आन्दोलन र झडप भएको थियो ।
झडपमा ४ जना नगरपालिकाका कर्मचारी र २ जना काँग्रेसका कार्यकर्ता घाइते भएका थिए ।
नगरप्रमुख लाई दोषी बनाएर नेकपा एमाले मेयर प्रत्यासी प्रेमशंकर यादव, पूर्वमेयर रामस्नेही राय यादव, नेकपा माओवादीका रामप्रसाद पटेल, वडा नं २ का वडाअध्यक्ष सिकिन्द्र पटेल, वडा नं ४ का वडाअध्यक्ष श्यामनन्दन यादव लगायतका नेताहरूले आन्दोलन गरेका थिए ।
जिल्ला प्रशासन कार्यालय रौतहटका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्र, जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी उपरीक्षक वीर बहादुर बुढा मगर, सशस्त्र प्रहरी बल रौतहटका प्रहरी उपरीक्षक माधव रेग्मी लगायतका सुरक्षा निकायको उपस्तितीमा छलफल भएको थियो ।
मेयर बिनोद प्रसाद कुर्मी र बिरोधमा उत्रिएका नेताहरु प्रेमशंकर यादव, रामस्नेही यादव, रामप्रसाद यादव, श्यामनन्दन यादव लगायत दुबै पक्षलाई राखेर बृहत छलफल गरि सहज वातावरण बनाई अगामी दिनमा सबैले मिलेर नगरको बिकासमा अगाडि बढ्ने सहमति भएको छ ।