Thursday, January 23, 2025

बिधुत प्राधिकरणका कर्मचारी र मौलापुरकी मेयर साह बिच आरोप प्रत्यारोप

पछिल्लाे समाचार


रौतहट, १० फाल्गुन । विद्युत् प्राधिकरणका कर्मचारीमाथि कुटपिट भएको घटनाको प्राधिकरणले बिरोध जनाउदै आएको छ ।
रौतहटको मौलापुर वितरण केन्द्रको परिसरबाट इञ्जिनियर महेन्द्र चौधरीलाई अपहरण शैलीमा लगेर कुटपिट गरेको नेपाल विद्युत् प्राधिकरणले जानकारी दिएको छ ।
प्राधिकरणका प्रवक्ता सुरेश भट्टराईले अनुसार करिब ३० जनाको समूहमा आएको व्यक्तिहरूले इञ्जिनियर चौधरीलाई चार पाङ्ग्रे गाडीमा अपहरण शैलीमा लगेर कुटपिट गरेको बताएका छन् ।
गत शुक्रबार ५ गते बिहान ९ बजे तिर आएको सो समूहले चौधरीलाई उठाएर अनधिकृतरुपमा विद्युत् लाइन जडान गर्न दबाब दिएको थियो ।
तर, बिधुत चौधरीले उक्त समूहको दबाब अस्वीकार गरेपछि कुटपिट गरेर छाडेको भट्टराईले बताएका छन् ।
” विद्युत् प्राधिकरणको मौलापुर वितरण केन्द्रको परिसरभित्र प्रवेश गरी सो कार्यालयका सहायक इन्जिनियर चौधरीलाई अपहरण शैलीमा जबरजस्ती चार पाङ्ग्रे गाडीमा राखेर लगेर अनधिकृतरुपमा विद्युत् लाइन जडान गर्न लगाएका थिए,’ प्राधिकरणद्वारा जारी विज्ञप्तिमा लेखिएको छ,”।
बिज्ञप्तिमा ‘कर्मचारीलाई कुटपिट गरेको घटनाप्रति प्राधिकरणको गम्भीर ध्यानाकर्षण भएको जनाइएको छ ।
प्राधिकरणको स्थानीय कार्यालय मार्फत जिल्ला प्रहरी कार्यालय रौतहटमा जाहेरी दर्ता भइसकेको बताइएको छ ।
‘विद्युत् जस्तो अत्यावश्यक सेवामा खटिने कर्मचारी माथि भएको दुर्व्यवहार प्रति नेपाल विद्युत् प्राधिकरण गहिरो खेद प्रकट गर्दछ र सो घटनाका दोषीहरूलाई हदै सम्मको कारबाही गर्न सम्बन्धित निकाय समक्ष जोडदार माग गर्दछ,’ प्राधिकरणको विज्ञप्तिमा लेखिएको छ ।

मौलापुरकी मेयर रिना कुमारी साहले निकालेको बिज्ञप्ती


यता मौलापुर नपा कि मेयर रिना कुमारी साहले पनि
मौलापुर नगरपालिका नगर कार्यपालिकाको तर्फबाट दोषीलाई कारवाही गरी पाउँ भन्दै जिल्ला प्रहरी कार्यालय गौरमा निवेदन दिएकी छिन ।
फागुन ५ गतेका मौलापुरमा मधानी महायज्ञमा सम्माननीय उपराष्ट्रपतिको प्रमुख आतिथ्यमा विशेष समारोह उद्घाटनको कार्यक्रम रहेको दिन मौलापुर विद्युत प्राधिकरण वितरण शाखा का प्रमुख अरुण कुमार साहले विद्युत लाइन अवरुद्ध गरी मधानी महायज्ञलाई प्रभावित बनाउन खाजेको र सोधपुछ गर्दा उल्टै कार्यक्रम स्थलमा केही अपराधिक झुण्ड सहित आई आयोजना स्थलमा गाली गलौज गरेको हुनाले अरुण कुमार साह लगायत त्यस अपराधमा संलग्न व्यक्तिहरुलाई कानुन अनुसार छानविन गरी कारवाही गर्न जोडदार माग गर्दछु भन्दै मौलापुर नपाकि मेयर रिना कुमारी साहले पत्र लेखेकी छिन ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु