रौतहट १८ माघ । बृन्दावन नगरपालिका वडा न – १ बलेरी स्थित बागमती नदीमा बगर खेती गरिएको छ ।
नदीको बगरमा गहुँ र मकै खेती गरिएको छ । बागमती नदीको बगरमा करिब ८५ बिघा जमिनमा खेती गरिएको छ । बगरमा काँक्राे, फर्सी, तरबुजा, खुर्सानी, लौका, करेला, धान, गहुँ, मकै खेती गर्दै आएका छन ।
यो सिजनमा सो क्षेत्रमा किसानहरुले मकै र गहुँ बाली लगाएका छन् । करिब एक बिघा मकै खेती गरेका बृन्दावन १ का गौरी शंकर पटेलले भने, सुरुमा खेती गर्न धेरै मेहनत गर्नु पयो अहिले भने राम्रो उत्पादन हुने गरेको छ ।
किसान पटेलका अनुसार बगरमा प्रति कठ्ठा ३ देखि ४ कुइन्टल मकै , गहुँ डेढदेखि दुई कुइण्टल सम्म उत्पादन हुन्छ ।
सिचाईको सुबिधा नहुँदा बगरमा खेती गर्न जमिन हडपेर मात्र छोडेकाहरुले अहिले सिचाईको सुबिधा भएपछि बगर खेतीमा आकर्षित भएको बृन्दावन जल उपभोक्ता समितिका अध्यक्ष मौजेलाल पटेलले बताएका छन् ।
बागमतीको बगर खेती फस्टाउँदै गएपछि अहिले जिल्लाका अधिकांश नदी र खोला को बगरमा तरकारी खेती भइरहेको छ ।
सिँचाइ र मलखादमा ध्यान दिन सके बगरमा तरकारी फलाउन सकिने किसान रामदेव सहनीले बताए ।
नदी, खोलाका किनारामा वर्षायाममा बाढीले बगाएर ल्याएको मलिलो बलौटे माटोमा खरबुजा, काँक्राे, फर्सी, लौका, करेला, खुर्सानी, गोलभेंडा लगायत मौसमी तरकारी उत्पादनका लागि उपयुक्तहुने कृषि प्राविधिकहरु बताउँछन्।