रौतहट, २७ माघ । पुर्व प्रधानमन्त्री माधवकुमार नेपाल लाई रौतहटको गढिमाई नगरपालिकाले अवधारणा पत्र बुझाएको छ। गढिमाई नगरपालिकाका मेयर श्यामबाबु यादवको नेतृत्वमा गएको वडाअध्यक्ष सहितको प्रतिनिधिमण्डलले समाजबादिको पार्टी कार्यालय काठमाडौ पुगेर पार्टी अध्यक्ष नेपाललाई अवधारणा पत्र बुझाएको छ ।
गढिमाई नगरपालिका स्थित होलि पर्व लगत्तै लाग्ने एतिहासिक फागु बैरिया मेलालाई महोत्सवको रूपमा बनाउन पहल गरिदिन, जिर्ण भएको ईलाका प्रहरी कार्यालय समनपुरको भवन निर्माणको लागि पहल गरिदिन नेता नेपाल लाई अवधारणा पत्र बुझाईएको मेयर यादवले बताएका छन ।
त्यसैगरी गढिमाई नगरक्षेत्र अन्तर्गत समनपुरमा अग्रेजहरु संग भएको युद्धमा प्रयोग गरिएको हात हतियार केहिबर्ष अघि फेला परेको थियो । सम्बन्धि विस्तृत विवरण अध्ययन गर्न पुरातात्त्विक विभागमा पत्राचार भएकोमा त्यसमा पनि पहल गरिदिन गढीमाइ नपाका जनप्रतिनिधीहरुले आग्रह गरेका छन ।
गढीमाइ नपाका मेयर श्यामबाबु यादव, संविधान सभा सदस्य रामकुमार भट्टराई, वडा अध्यक्षहरु दिपेन्द्र श्रेष्ठ, रामपुकार यादव, लगायतको सहभागिता रहेको थियो ।
नेता नेपालले अवधारणा पत्रमा समेटिएको सबै बिषयमा अबिलम्ब पहल गर्ने प्रतिबद्धता जनाएका छन ।