Thursday, January 23, 2025

दाईजोको बिरोध गर्दै एक जोडीले आदर्श विवाह गरे

पछिल्लाे समाचार



रौतहट ११ फागुन । चन्द्रपुर नगरपालिका  वडा नं.६ मोथियाहीका यूवा डाक्टर बिजय साहले  विना दाइजो विवाह गरेका छन ।
  विना दाइजो त विवाहको कल्पनै गर्न सकिँदैन । यस्तो बेला दाइजो विना विवाह गर्नु भनेको सिङ्गो समाजलाई नै चुनौती दिनु हो । डा. बिजयले विना दाइजो आदर्श विवाह गरेर दाइजो नलिन नदिन आग्रह गरेका छन ।
बिजय एमबिबिएस सकेर अहिले  मनहरी अस्पतालमा मेडिकल अफिसर भएर काम गरिरहेका छन ।
मध्यम परिवारमा हुर्केका बिजय इश्वि सम्वत २०१५ सालमा नेपाल सरकारले उपलब्ध गराउने  स्कलरसिपमा नाम निकालि एमबिबिएस उतिर्ण गरेका थिए ।
घरमा विवाहको कुरा चलेपछि विना दाइजो आदर्श विवाह गर्ने सहमतिमा मात्रै उनी विवाह गर्न राजी भएका थिए ।
उनले बाराको महागढिमाई नगरपालिका १ बाराका ओमप्रकाश साह कानुकी छोरी प्रीयन्का गुप्तासँग आदर्श विवाह गरेका हुन् । प्रीयन्का पनि ल्याब टेक्निसियन छिन ।
‘छोराको चाहाना अनुसार नै हामीले आदर्श विवाह गराएका हौं । हामीलाई लाउन खान नपुग्दो छैन ।’ डा.बिजयका बुवा हिर्दे नारायण साहले भने । ‘दाइजो प्रथाले हाम्रो समाजलाई कहिल्यै हित गर्दैन । त्यसैले पूरै समाज यसको विरुद्ध लाग्नै पर्छ ।’
‘दाईजो प्रथा एक कुप्रथा हो, कसैले स्वच्छाले दिने गर्दछ त कतिले कर कापले नै, कारण कतिपय महिलाले दाइजोकै कारण मृत्यु समेत भोग्नु परेको छ ।’  दाइजो उन्मूलन अभियानका बागमती प्रदेश संयोजक तपेश्वर यादवले भने ।
मधेशमा बिकृतीको रुपमा रहेको दाईजो कुप्रथा चिर्दै आदर्श बिवाह रोजेपछि आफु लाई खुसी लागेको यादव ले बताए ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु