रौतहट २१ माघ ।डोम समुदाय बिकास केन्द्र रौतहट नामक संस्थाले बिगत ६ बर्ष देखि डोम समुदायको शिक्षा, स्वास्थ, सरसफाइ,बाल बिबाह नियन्त्रण,मधपान एवं धूम्रपान न्यूनीकरण तथा बिद्यालय बाहिर रहेका डोम बालबालिकाहरुलाई पुन बिधालय पठाउने अभियानमा साथ दिदै आएक छ ।
जिल्लामा डोम समुदायका केही युवाहरुको समुहले मनकारी हरुले दिएको दान,चन्दा सहयोग बाट यस्ता कार्यक्रमहरु संचालन गर्दै आएका छन ।
अभियानमा कुनै सरकारी अथवा गैर सरकारी संघ संस्थाहरुबाट कुनै किसिमको आर्थिक वा अन्य किसिमको सहयोग नपाएको डोम समुदायका अगुवाहरुको गुनासो छ ।
संस्थाले डोम समुदायमा चेतना जागृत गराउने उदेश्यले विभिन्न कार्यक्रम गर्ने योजना बनाएपनि आर्थिक अभावले कार्यक्रम प्रभावकारी रुपमा अघि नबढेको उनिहरु बताउछन ।
डोम समुदाय सबै भन्दा बिपन्न समुदाय रहेको र यस समुदायको सामाजिक,आर्थिक,राजनैतिक अवस्था अति नै दयनीय रहेको पाइन्छ ।
आर्थिक अभावले डोम सशक्तिकरणको काम गर्न समस्या परिरहेकोले अभियानमा साथ सहयोग गरीदिन डोम समुदाय का अगुवा बिजय मली डोमले आग्रह गर्दै आएका छन ।
सम्पुर्ण समाजसेवी,युवा,बुद्धिजीवी,जागिर प्राप्त व्यक्तित्वहरु एवं मानव कल्याणमा सहयोग गर्न चाहनुहुने सहयोगीहरु माझ डोम समुदाय बिकाश केन्द्र संस्थाले सहायता गर्न आग्रह गरेको छ ।
समाज सुधारका लागि समय,सीप र जीवन समर्पित गर्ने उदेश्य सहित अभियानमा होमिएको डोम समुदायका अगुवा बिजय मलि डोम बताउछन ।
आर्थिक , लगाएत शिक्षा,स्वास्थ्य मा मनकारी व्यक्ति एवं संस्थाहरुले आर्थिक सहयोग गर्न इच्छुक संस्था,वा ब्यक्तिले मोवाइल नम्वर ९८६३०४६८५६ मा सम्पर्क गरि सहयोग जुटाइदिन डोम समुदाय बिकाश केन्द्रले आग्रह गरेकाे छ।