Thursday, January 23, 2025

जति गरेपनि चन्द्रपुर चौक उस्ताको उस्तै

पछिल्लाे समाचार


चन्द्रपुर ३ फागुन ।  अस्तब्यस्त चन्द्रपुर चोक र बजार क्षेत्र ब्यबस्थित बनाउन सवै पक्षले साथ दिन चन्द्रपुर नगर उद्योग बाणिज्य संघले आग्रह गर्दै आएको छ ।
पटक पटक सरोकारवाला निकाय संग समन्वय र सहकार्य गर्दा पनि केहि दिन पछि पुन: जस्ताको त्यस्तै हुने गरेको भन्दै चन्द्रपुर नगर उद्योग बाणिज्य संघले चिन्ता व्यक्त गरेको छ ।

सडक पेटीमा पसल


संघका चन्द्रपुर नगर अध्यक्षले सरोकारवाला निकाय संग यस्तो प्रश्न गरेका छन :किन यसरी अटेर गर्छन सडकमा व्यापार गर्ने ब्यबसायी हरु ? यस्तो अटेर गर्दा किन मौन छ सरोकार वाला निकाय ? सडक व्यापारी हरुले सडकमा पसल लगाए बापत भाडा तिर्ने गरेको छु भन्ने जवाफ दिन्छन, कोहिले अगाडिको सटर वाला लाई भाडा तिर्ने गरेका छन भने कोहिले घरबेटी लाई । चाहे त्यो सटर वाला ब्यबसायी होस चाहे घरबेटी कोहि कसैलाई पनि यसरी सडक क्षेत्र भाडामा लगाएर गैरकानुनी असुली गर्ने अधिकार छैन होला ? यस तर्फ सम्बन्धित निकायको ध्यान जाओस ।
अध्यक्ष सापकोटाले सोधेका छन : सडक व्यापारी संग गैरकानुनी असुली गर्ने केहि निस्चित ब्यक्ति, अनि अस्त ब्यस्त बजारको कारण बदनाम हुने चन्द्रपुर नगरपालीका ?नेपाल प्रहरी ? ट्राफिक प्रहरी ? अनि चन्द्रपुर उद्योग बाणिज्य संघ ? सास्ती खेप्ने आम सर्वसाधारण जनता ? यो बेथिती कहिले संम्म ? मेयर साहेब अब तपाईं दृढ भएर अघि लाग्नुस तपाईं लाई साथ दिएर तपाईको पाईला पाईलामा हातेमालो गर्न चन्द्रपुर उधोग बाणिज्य सघ आतुर छ ।

सडकमै तरकारी पसल


चन्द्रपुरका मेयर संजय काफ्ले लाई लक्षित गर्दै संघले राम्रो अभियानमा तपाईं अघि लागेर त हेर्नुस मेयर साहेब तपाईको पछाडी हातेमालो गर्ने हामी जस्ता थुप्रै संघ संस्थाका साथै बिशाल जनमानस हुनेछन भनेको छ ।
राम्रो चन्द्रपुर ,हाम्रो चन्द्रपुरको नारा लाई सांच्चै सार्थक बनाउन लाग्न आग्रह समेत गरेका छन ।

सडकमा फलफुल पसल


हाम्रो अभियानमा तपाईं एक्लो हुनुहुन्न, तपाईको पछाडी असल मान्छेहरुको लामो लाईन छ, तपाईले गर्नुहुने राम्रो कामको प्रशंसा गर्दै तपाईलाई साथ सहयोग हौशला दिने जनसागर छ, ढुक्क भएर अघि बढ्नुहोस  मेयर साहेब भन्दै चन्द्रपुर नगर उधोग बाणिज्य संघ का अध्यक्ष    उदय सापकोटा ले आग्रह गरेका छन ।
                               

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु