Thursday, January 23, 2025

चन्द्रपुरमा दलितको नाममा लाखौका दर्जनौ योजना मात्रै

पछिल्लाे समाचार


रौतहट ३ माघ । मधेश प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले रौतहटको चन्द्रपुर नगरपालिकामा बिस लाखका दरले ११ वटा बिकासे योजना पठाएको छ।
मधेश प्रदेश सरकारको समाजिक विकास मन्त्रालय अर्न्तगतको सामाजिक विकास ईकाई कार्यालय मंलगवा सर्लाहीले रौतहटको चन्द्रपुरको नगरपालिकाको बिभिन्न वडामा बिभिन्न शिर्षकको योजनाको पत्र लिएर केहीब्यक्ति उपभोक्ता समिति गठन गर्दै हिडेकाछन् ।
सो योजनाको विषयमा प्रदेशसभा सदस्य ,नगरपालिका र सम्बन्धीत वडालाई पुर्ण जानकारी नभएको बताइन्छ ।
योजना कस्ले ल्यायो,किन ल्यायो,योजनाको उदेश्य को हो भन्ने जानकारी बिना नै वडामा उपभोक्ता समिति गठनको काम सुरु भएको छ।
प्रदेश सरकारको बिस लाख योजना को उपभोक्ता समिति गठन गरेर कमिसनमा दिन रौतहट जिल्लाका केही व्यक्ति सक्रिय रहेको तथ्य फेला परेको छ ।
चन्द्रपुर नगरपालिकाको वडान ८ मा रौतहट दलित भवन निर्माण लागि प्रदेश सरकारको २० लाख बिनियोजन गरेर पत्र ल्याउनेले उपभोक्ता समिति बनाउन खोजिरहेको भएपनि सो विषयमा वडा अध्यक्षलाई कुनै जानकारीने छैन् ।
सो ८ नम्बर वडाका अध्यक्ष जितेन्द्र चौधरीले रौतहट दलित भवन कहाँ बन्ने र कस्ले पैसा दियो भन्ने बिषयमा आफुलाई कुनै जानकारीने नभएको बताउछन ।
चन्द्रपुर ६ मा रहेको आँखा तथा दाँत उपचार केन्द्रको भवन मर्मतका लागि २० लागि रुपैया बिनियोजन भएको भएपनि चन्द्रपुर ६ मा आँखा तथा दाँत उपचार केन्द्रको भवन नै नभएको स्थानिय बताउछन ।
योजनाको पत्र बोकेर आउनेहरुले आफुहरुले उपभोक्ता समिति गठन गरि सकेको र सही मात्र गरिदिनु परो भन्दै चन्द्रपुरका वडाअध्यक्षको घरमै पुग्ने गरेकाे पाईएको छ ।
सामाजिक विकास ईकाई कार्यालय मलगवाको विकासे योजनाको पत्र लिएर आफुले उपभोक्ता समिति बनाई सकेको र रोहबरमा सही मात्र गरिदिनु भन्दै केही मान्छे घरमा आएको चन्द्रपुर ६ का वडा अध्यक्ष सहदेव केसीले बताए।
वडा अध्यक्षहरुलाई रोहवरमा सही गराउनका लागि घर घर पुग्नेहरु सकृय रहेको बताएको छ ।
चन्द्रपुर १ मा मंगलपुर सामुदायीक भवन निर्माणका लागि २० लाख ,वडा न ६ मा सामुदायीक भवन निर्माणका लागि २० लाख ,वडा न ४ मा रौतहट सामुदायीक भवन निर्माणका लागि २० लाख, वडान ७ मा रौतहट दलित भवन निर्माणका लागि २० लाख , वडा न ९ मा बर्थिङ सेन्टरको भवन निर्माणका लागि २० लाख तथा वडान १० मा रौतहट सामुदायीक भवन निर्माणको लागि २० बिनियोजना भएको छ ।
कुन पालिकामा बिकासको के योजनाको खाँचो छ त्यस तर्फ स्थानीयसंग बुझेर योजना बिनियोजन हुनुपर्नेमा त्यसो नभएको विषयमा आफुले सदनमा र सम्बन्धित निकायमम कुरा उठाउने रौतहट क्षेत्रन ४ क प्रदेशसभा सदस्य युवराज भट्टराइले बताएका छन ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु