रौतहट १८ माघ ।गहुको बाला लाग्ने समयहुदा सम्म रौतहटका किसानले सहज रुपमा मलखाद्य पाउन सकेका छैनन् ।
कृषि सामग्री कम्पनी वीरगजबाट मल बिक्री भइरहेको र अहिले गोदाममा मल सञ्चित रहे पनि जिल्लाका किसानहरूलाई भने मल पाउन समस्या भएको छ ।
गहुँखेती गरेका किसानहरूलाई तीन चरणमा मलको आवश्यकता पर्दछ । बीउ छर्दा युरिया, पोटास, डिएपी मल आवश्यक हुन्छ भने बीउ छरेको २१ दिनमा युरिया र अन्त्यमा बाला निस्किने बेलामा फेरि यूरिया मलको आवश्यक हुन्छ ।
गहुँखेतीका दुई चरण सकियो किसानले सहजरुपमा मल पाएनन ।
अहिले बाला लाग्ने बेलामा मल छर्न उनीहरूलाई समस्या भएको छ । किसानहरूले कृषि सामग्री कम्पनी र साल्ट ट्रेडिङ कम्पनीबाट आवश्यकता अनुसार मल पाउन सकेका छैनन ।
सहकारीबाट मल नपाएपछि किसानहरूले सीमावर्ती भारतीय बजारबाट लुकाइछिपाइ महंगोमा कम तौलको मल ल्याएर खेती गर्न थालेका छन ।
अहिले गहुँमा बाला लाग्ने बेला भएकोले किसानहरूलाई युरिया मलको आवश्यकता छ । बाला लाग्ने बेलामा प्रतिकट्ठा किसानहरूले दुईदेखि अढाई किलो युरिया राख्ने गरेका छन् ।
अहिले कृषि सामग्री कम्पनी प्रादेशिक कार्यालय, पर्सामा १५. हजार ४०० बोरा (७७१ मेट्रिक टन) मल छुट्याइएकामा नौ हजार १४६ बोरा (४५७ २०० मेटन) मल बिक्री भइसकेको छ भने ६ हजार २७४ बोरा सञ्चित छन् यो पनि बिक्रीको क्रममा रहेको कम्पनीका सूचना अधिकारी आलोक कुमारले बताए ।