Thursday, January 23, 2025

गरुडामा पनि हात्तिपाइले बिरुद्धको ओषधी खुवाउन शुरु

पछिल्लाे समाचार


रौतहट ११ फागुन । गरुडा नगरपालिकाकाले हात्तिपाईले रोग बिरुद्धको आम औषधी सेवन अभियान सुरु गरेको छ ।
बिहिबार गरुडा नगरपालिकाको स्वास्थ्य शाखाको आयोजनामा नगरपालिकाको ९ वटै वडा कार्यालयबाट हात्तिपाईले रोग बिरुद्धको आम औषधी सेवन अभियान सुरु गरेको हो ।
गरुडा नगरपालिकाको अगाडी एक कार्यक्रमको आयोजना गरि नगर प्रमुख कन्थमनि प्रसाद जैसवालले सबभन्दा पहिला हाथिपाईले रोग बिरुद्धको औषधी सेवन गरि अभियान शुरु गरेका छन ।
हातिपाईले रोगबाट बच्न र बचाउनका लागी बिहिबार अर्थात फागुन ११ गते देखी २५ फागुनसम्म रौतहट हात्तीपाइले रोगविरुद्ध औषधी सेवन अभियान सुरु भएको नगर प्रमुख जैसवालले बताएका छन ।
अभियान अन्तर्गत गरुडा नगरपालिकाको प्रमुख प्रशासकिय अधिकृत भुदेव झा ,स्वास्थ्य शाखा प्रमुख योगेन्द्र प्रसाद साह लगायत उपस्थित रहेकाे थियो ।
सो अभियान आज फाल्गुन ११ गते देखि २५ गते सम्म चल्ने गरुडा नगरपालिकाको स्वास्थ्य शाखा तथा जनस्वास्थ्य अधिकृत योगेन्द्र प्रसाद साहले जानकारी दिएका छन् ।।
टोलिले टोल बस्ती तथा विद्यालयहरुमा स्वास्थ्यकर्मी पुगेर औषधि खुवाउने छन् ।
दुई वर्ष उमेर नपुगेका बालबालिका, गर्भवती, सात दिनसम्मका सुत्केरी, छारे रोगी र  सिकिस्त बिरामीले हात्तिपाइलेको औषधि नखान स्वास्थ्यकर्मीले सल्लाह दिदै आएका छन ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु