रौतहट, १८ माघ । गौर नगरपालिका वडा नम्वर २ बकैयानदी को केराघारीमा लकेर बसेका फरार अभियुक्त मध्ये एक जनालाई रौतहट प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय गौरबाट बुधवार दिउसो बकैया नदी पारी केराघारीमा अभियुक्त हरु लुकेर बसेको सुचना पाएपछि प्रहरी गएको थियो ।
एकजनाले प्रहरी माथि चाकु प्रहार गरेर भाग्न सफल भएको छ भने अर्का एकजना लाई प्रहरीले एक राउण्ड गोली फायर गरेर पक्राउ गरेको छ ।
चोरी डकैती अपराधमा फरार अभियुक्तको सुचीमा रहेका गौर नपा ५ का दुई जना केराघारीमा लुकेर बसेको खबर पछि प्रहरी पुगेको थियो ।
नियन्त्रणमा लिन क्रममा चाकु प्रहार गरेपनि प्रहरी घाईते भएको जिल्ला प्रहरी कार्यालय रौतहटका डिएसपी उमाशंकर यादवले जानकारी दिए ।