चन्द्रपुर,२२ पुस । रौतहटको चन्द्रपुर नगरपालिकामा करिव ५३ लाखको लागतमा बर्थिङ सेन्टर भवन काम नलाग्ने अवस्थामा पुगेको छ ।
चन्द्रपुर नगर पालिका वडान ९ मा बनेको बर्थिङ सेन्टरको भवन काम नलागने अवस्थामा रहेका कारण स्वास्थ्यकर्मीले सेन्टर संचालन गर्न सकेका छैनन्।
चन्द्रपुर नगरपालिकाको २० लाख ,प्रदेश सरकारको २० लाख माननिय देव प्रसाद तिमल्सिनाको सासद कोषको १० लाख र चन्द्रपुर नगरपालिका ९ को ३ लाख लागतमा बनेको सेन्टरको भवनको अवस्था नाजुक रहेकाले सुत्केरी गराउन आउनेलाई पुरानो भवनबाट सेवा दिने गरेको स्वास्थ्यकर्मीहरुको भनाइ रहेको छ।
सुत्केरी गराउन पुरानो भवनको कोठा प्रयोग गर्न बाध्य भएको वडा अध्यक्ष नवराज देवकोटाको भनाइ रहेको छ ।
४३ लाखको १२ कोठे भवनको माथिल्लो तला अहिले सम्म प्लास्टर हुन सकेको छैन । प्लास्टर भएको भएपनि कोठाहरुको फिनिसिङ हुन बाँकी रहेको छ।
सेन्टर नयाँ भवनमा सार्नका लागि समस्या भएको स्वास्थ्यकेन्द्र डुमरियाका प्रमुख जयास पडितले बताए।
नयाँ भवनबाट बर्थिङ सेन्टर संचालन गर्न समस्या भएका कारण आफूहरुले जोखिम मोलेर पुराने भवनबाट सेवा दिईरहेको स्थानीय उपभोक्ता समितिले आफुले काम नगरेर स्थानीय पेटी ठेकेदारलाई काम दिएका कारण सो भवनको काम पुरा नभएपनि नगरपालिकाले पुरा भुक्तानी दिएको स्थानीय बासिन्दा बिक्रम चौधरीको गुनासो रहेको छ।
सो भवन तत्कालिन वडा अध्यक्ष गोबिन्द दुलालको पालामा बनेको थियो।
चन्द्रपुर नगरपासिका इन्जिनियर को मिलेमतोमा भवनको काम सम्पन्न नहुदै चन्द्रपुर नगरपालिकाले पेटी ठेकेदारलाई रकम भुक्तानी दिएका कारण सेन्टर संचालन हुन नसकेको स्थानीयको भनाइ रहेको छ।