रौतहट २४ पुस ।देवाही गोनाही नगरपालिकामा सुरक्षीत विद्यालय पुनः संचालन सम्बन्धि विद्यालय स्तरीय दुई दिवसिय कार्याशाला गोष्ठी शनिवार सम्पन्न भएकोछ ।
देवाही गोनाही नगरपालिकाका नगर प्रमुख प्रेमलाल साहको अध्यक्षतामा भएको सो कार्याशालामा नगर भित्रका विधालयका प्रधानध्यापक, शिक्षाक, विद्यालय ब्यवस्थपन प्रतिनिधि, बाल कल्वका पदाधिकारी सहितको उपस्थिति थियो ।
कार्यशालामा प्रशिक्षक इश्वर दत्त जोशी र कृष्ण कुमार साह सहजिकरण गरेका छन ।
नगरपालिका अन्तर्गत रहेका विद्यालयहरुको विधालय सुधार योजना , विद्यालय बिपद पुर्व तयारी प्रतिकार्य योजना तयारी गर्नमा सहयोग गर्ने मुख्य उदेश्यले कार्यशाला आयोजना गरिएको हो ।
भुकम्प प्रविधी राष्ट्रिय समाज नेपालको आयोजनामा र युनिसेफ नेपाल र युरोपियन युनियन नेपालको आर्थिक सहयोगमा नगरपालिकाको शिक्षा समूह प्रवलिकरण कार्यक्रम रौतहट जिल्लाको देवाही गोनही, यमुनामाइ, राजदेवी, गरुडा , चन्द्रपुर, बृन्दाबन, फतुवा बिजयपुर र गुजरा नगरपालिकामामा पछिल्लो एक वर्ष देखि संचालन हुँदै आएकाे छ ।