Thursday, January 23, 2025

सितलपुरको विद्यालयकोे बिजोक , बिधार्थी  बोरा बोकेर विद्यालय

पछिल्लाे समाचार



रौतहट १९ पुस ।  कक्षा ४ मा अध्यानरत नितु कुमारी राम घरबाट बोरा संगै कापी कलम बोकेर  विद्यालय जान्छिन ।
बिधालयमा फर्निचर नहुदा  बोरा बोकेर आँउनु र चिसो भुइमा बसेर पढ्नु उनी जस्तै दर्जनौ वालवालिकाको बाध्यता हो ।
दलित प्राथमिक विद्यालय फतुवा विजयपुर नगरपालिका वडानं १ मा रहेको विद्यालयको भवन नहुदा खुल्ला चौरमा कक्षा संचालन हुँदै आएको छ ।
  करिब एक सय ८० जना विद्यार्थी  विद्यालयमा हरेक दिन बोरा बोकेर पढ्न आँउने गरेकाछन् ।
भवन नहुदा बाल कक्षा देखी ५ कक्षा सम्म खुल्ला चौरमा बसेर पढ्दै आएका छन ।
फतुवा विजयपुर नगरपालिकाको वडानं १ सितलपुर स्थित उखुबारीको बिचमा रहेको विद्यालय भवन ,धारा,शौचालय नहुदा समस्या हुँदै आएको र समस्याका बारेमा सवै निकायमा जानकारी गराएपनि सुनवाही नभएको  विद्यालयका प्रधानाध्यापक राजेन्द्र हजराले बताए ।
गएको २०६४ सालमा स्थापना भएको सो विद्यालयको  एउटा सानो फुसको छाप्रो मात्र रहेको छ ।
विद्यालयमा कक्षा कोठा , डेक्स ,बेन्च ,व्ल्याक बोर्ड केही छैनन।
शिक्षक का लागि  ६ वटा प्लाष्टीकको कुर्सि  मात्र रहेको विद्यालयका शिक्षक रामेश्वर महराले बताए ।
कक्षा ४ मा अध्यानरत ईन्द्र कुमारी पासवानले आफुले अहिले सम्म विद्यालयमा डेक्स र बेन्च नदेखेको बताइन ।
भवनका लागि नगरपालिका संग पटक पटक ताकेता गर्दा सुनवाइ नभएको   शिक्षक शिरालाल प्रसाद यादवको गुनासो छ ।
विद्यालयमा खाजा पकाउने ठाँउ नहुदा विद्यार्थीले दिवा खाजा  खान नपाएको शिक्षकहरुको भनाइ  छ ।
खाजा बनाउने ठाँउ नभएकाले विद्यार्थीलाई दिवा खाजामा चाउचाउ र विस्कुट दिने गरेको प्रधानाध्यापक राजेन्द्र हजाराको भनाइ छ ।
भवन निर्माणका लागि  तत्कालिन वडा अध्यक्ष संजय साहले ४ कठ्ठा जमिन किनेर नगरपालिकाको २४ लाख बजेटमा भवन बनाएको भएपनि जमिन विद्यालयको नाममा नभएका कारण समस्या भएको शिक्षकहरुले बताएका छन ।
वडा अध्यक्ष साहले दलित प्राथमिक विद्यालयको लागि खरिद गरेको  जग्गा कसको नाममा छ भन्ने जानकारी नभएको बताए ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु