Wednesday, January 22, 2025

शितलहरमा थोत्रो  त्रिपाल मुनिको बास, कसैले खान दिन्छनकी  भन्ने आश

पछिल्लाे समाचार


रौतहट २६ पुस ।कठ्याङग्रीदो शितलहरमा सामान्य त्रिपाल,थोत्रा बोरा र कपडा मुनी आफ्ना ४ छोराछोरी सहित  ४० बर्षकी बबिता कापरी बस्छिन।
६ बर्ष अघि श्रीमानको मृत्यु भएपछि बबिता आफ्ना ४ छोराछोरीलाई मागेर पाल्दै आएकी छिन ।
चन्द्रपुर नगरपालिका वडानं ५ मा पर्ने बागमती सिंचाई आयोजनाको नहरको डिलमा त्रिपालको छाप्रो बनाएर उनको परिवार बस्दै आएका छन ।
  उनीसँग नहरको डिलको चिसो हावा, छेक्ने गतिलो त्रिपाल छैन ।सुकुम्वासी बबिता  १६ बर्ष अघि सर्लाहीको झिमखोलामा आएको बाढीले जग्गा जमिन बगाएपछि  श्रीमान मग्राती कापडी छिमेकीको साथ लागेर चन्द्रनिगाहपुर आएको बताउछिन ।
४० बर्षिया  बबिताकी कमाएर खुवाउने १६ बर्षकी छोरी  बोल्न नसक्ने छिन । १४ बर्षका छोरा खेसारीलाल सुस्त मनस्थितीका छन् । ८ बर्षका छोरा भबिचन स्थानीय विद्यालयमा कक्षा १ मा पढ्छन ।कान्छाे छोरा अमिताव शिशु कक्षामा विद्यालय पढ्न जान्छन ।
मागेर,दुख गरेर भएपनि आफ्ना दुई छोरालाई पढाउने इच्छा  बबिताको  छ तर घरको स्थिति अत्यन्तै नाजुक रहेको छ ।
श्रीमानले दैनिक ज्याला मजदुरी गरेर ल्याएको पैसाले परिवार चलाउदै आएकी बबिताको श्रीमानको मृत्यु पछि उनले मागेर छोराछोरी पाल्न बाध्य भइन ।
काम गर्न,मजदुरीका लागि शरिर कमजोर भएकाले छोराछोरी पाल्नका लागि आफु बाध्य भएर माग्न हिड्नु परेको बबिताको दुखेसो छ ।
चिसोमा बालबच्चा कहाँ राख्ने समस्या भएको छ पुरानो त्रिपाल मा शीत चुहिन्छ उनले भनिन ।
चिसोका कारण माग्न जान समेत नसकेको र   छोरा छोरीले पेटभरी खुवाउन समस्या भएको उनले दुखेसो पोखिन ।
नहर को डिलमा बस्दै आएका  सो बस्तीमा  अन्य परिवार पनि छन । अरु मजदुरी गरेर दुइछाक टार्छन तर बबिता काम गर्न सक्दिनन उनको छाक टार्नै मुस्किल छ ।
“वर्षामा त्रिपाल चुहिएर बस्न समस्या हुन्छ, चिसोमा बालबालिकालाई जोगाउनै मुस्किल हुन्छ , चिसो छाल्न रातभर आगो तापेर बस्नु पर्ने बाध्यता छ” बबिताले दुखेसो पोखिन ।
सरकारी तथा गैरसरकारी संस्थाले गरीव लाई नदेखेको नहरको डिलमा बस्दै आएका स्थानीय गगन कापडीको गुनासो छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु