रौतहट ५ माघ ।शितलहरबाट प्रभावित बनेका सयौ पिडितलाइ नेपाल रेडक्रस सोसाइटी रौतहटले कम्बल वितरण गरेको छ ।
जेष्ठ नागरिकहरुको पहिचान गरी घर/घर गएर उनीहरुलाई कम्बल वितरण गरेको नेपाल रेडकास सोसाइटी रौतहट शाखाले जनाएको छ।
रौतहटको विभिन्न पालिकाहरूमा रहेको सोसाइटीको उपशाखा मार्फत पीडितहरुको पहिचान गरी कम्वल वितरण गरिएको नेपाल रेडक्रस सोसाइटी रौतहट शाखाका सभापति राजकिशोर प्रसाद यादवले बताए।
जिल्लाको प्रत्येक उपशाखा मार्फत ५०/५० जनाको दरले ६ सय जना शितलहरबाट प्रभावित व्यक्तिहरुलाई कम्बल वितरण गर्नुका साथै गरुडा नगरपालिका मा रहेको बंशिराम जयसवाल अनाथालयमा ४४ वटा कम्बल वितरण गरिएको सभापति यादवले बताए।
कटहरीया परोहा, बौधिमाई, राजपुर फरहदवा, राजदेवी, फतुवा विजयपुर लगायतका नगरपालिकाहरुमा शितलहर पीडितहरुलाई राहत वितरण गरिएको सभापति बताए ।
शितलहर पिडित हरुलाइ छनौट गरि कम्वल बितरण गर्दै आएको रेडक्रस रौतहटका मन्त्री धर्मेन्द्र सिहले बताएका छन ।