रौतहट,२ माघ / पोखरामा विमान दुर्घटनामा परी निधन हुनेहरूको चीर शान्तिको कामना गर्दै चन्द्रनिगाहपुर चौकमा दीप प्रज्वलन गरिएको छ ।
सोमबार साझ चन्द्रपुरको मुख्य चोक मा रहेको लोकतान्त्रिक पार्कमा (उइ लिड नेपाल फाउन्डेसन) नामक युवाहरूको समूहले विमान दुर्घटनामा परी निधन हुनेहरुको चीर शान्तिको कामना गर्दै दीप प्रज्वलन गरेका हुन् ।
कार्यक्रमा उपस्थित सम्पुर्णले दिप प्रज्वलन सहित मौन धारण गरेका थिए। कार्यक्रम मा उपस्थित विभिन्न क्षेत्रका व्यक्तिहरुले मृत आत्मा को चिर शान्ति को कामना गर्दै हवाई विमान दुर्घटना को निषपक्ष छानबिन गर्न र घटनाको बिषयमा उठेका प्रश्नहरुको बारेमा जवाफ दिन सरकारलाई ध्यानाकर्षण गराएका छन ।
नेपाल बिधार्थी संघ रौतहट का सभापती तथा (उइ लिड नेपाल फाउन्डेसन)का सस्थापक सदस्य अधिकार लामिछानेले विमान दुर्घटनामा सरकारको लापरबाही औउल्याउदै पुराना र काम नलाग्ने हवाई विमान सवै हटाएर नया र आधुनिक विमान प्रयोगमा ल्याई यस्ता घटना पुन दोहोरिन नदिन सरकार गम्भीर हुनु पर्ने बताए ।
त्यस्तै गौर अस्पताल र चन्द्रनिगाहपुरमा द हाउस अफ जेन्टल्मेन्ट नामक युवा समुहले पनि मृत आत्मको चीर शान्तिको कामना गर्दै दीप प्रज्वलन गरेको छ ।