रौतहट २१ पुस । सघन शहरी विकासको नाममा रौतहटमा एक समुहले लामो समय देखी अनियमितता गर्दै आएको गुनासो छ ।
एउटै सडकलाई स्तरोन्नतिको नाममा पटक पटक ग्रेवल राख्ने र वजेट सक्ने कार्य भइरहेको भएपनि त्यस तर्फ सम्बन्धीत निकायको ध्यान जान सकेको छैन।
चन्द्रपुर नगरपालिका वडा नम्बर ९ को अस्तीपुरदेखि सिन्धुरेधारीको सडक स्तरोन्नतिको नाममा सघन शहरी तथा भवन निर्माण कार्यालय चार वर्षदेखि ग्रेभल राख्ने कार्य गरिरहेको गुनासो छ ।
शघन सहरी विकास कार्यक्रम अन्तर्गत एउटै सडकमा पटक पटक ग्रेभल राख्ने कार्य भएपछि स्थानीयले विरोध गरेका छन् ।
चन्द्रपुर नगरपालिका वडा नम्बर ९ बाट उपभोक्ता समिति गठन गरिए छ ।
सघन शहरी तथा भवन निर्माण कार्यालयको सरलतामा उक्त सड़क ग्रेभल गर्न चन्द्रपुर नगरपालिका-९ मस्तीपुरदेखि सिन्धुरेधारी सम्म स्तरोन्नति कार्य उपभोक्ता समिति साई कार्यदेश दिइएको छ।
चन्द्रपुर नगरपालिका वडा नम्बर ८ मरधर गाउंको सडक स्तरोन्नति तथा थलहिटोल,मोतीपुर सिन्धुरंधारी सडकस्तरोन्नतीको लागि विनियोजित ९७ लाख बजेट कटती गरेर ६४ लाखमा निर्माण गर्न गठित समितिलाई सघन तथा भवन निर्माण कार्यालय वीरगञ्जले कार्यादेश दिएको छ सो सडकमा समेत गत साल ग्रेभल भएको थियो ।
चन्द्रपुर नगरपालिका वडा नम्बर ९ वडा अध्यक्ष नवराज देवकोटाले आफ्नो वडाबाट उपभोक्ता समिति गठन भएपनि नियम बिपरीत काम भएको बताए ।
प्रतिनिधि सभा सदस्य देब प्रसाद तिमल्सिनाले सो सडकमा कालोपत्रे गर्न आग्रह गर्दा समेत सघन शहरी तथा भवन निर्माण कार्यालयले ले लागत इस्टिमेट बनाएर कार्यदेश दिएको बताए।
उता सधन शहरी तथा भवन निर्माण कार्यालय वीरगञ्जका प्रमुख झपड थापाले त्यस्तो कार्य गराउनु त्रुटि भएको बताए।