Thursday, January 23, 2025

राजश्रीले ठगेको गुनासो

पछिल्लाे समाचार


रौतहट ९ माघ । गरिवको जिवनस्तर उकास्ने भन्दै खुलेका कतिपय लघुबित्तले गरिवलाई झन गरिव बनाउदै लगेको गुनासो छ ।
गौरमा रहेको राजश्री सेविंग्स एण्ड क्रेडिट को आँपरेटिभ सोसाइटी लिमिटेडले ठगी गरेको भन्दै सेवाग्रहीहरुले आन्दोलन गर्ने चेतावनी दिएका छन् ।
राजदेवी नगरपालिका ४ बतसपुरका दर्जनौं व्यक्तिहरुले आइतवार पत्रकार सम्मेलन मार्फत राजश्री संस्था विरुद्ध आन्दोलन गर्ने चेतावनी दिएका हुन् ।
दैनिक बचत गरेर राखेको रकम संस्थाका एजेन्ट र कर्मचारीहरुले हिनामिना गरेको भन्दै उनीहरुले आन्दोलन गर्ने बताएका छन् ।
उक्त गाउँमा एक सय भन्दा बढी सेवाग्रहीहरुको करिब १५ लाख रुपैया हिनामिना भएको आरोप उनीहरुको रहेको छ । राजश्री संस्थाले तोकेको प्रतिनिधि रौशन झा मार्फत सेवाग्रहीहरुले दैनिक ५० देखि २ सय रुपैयासम्म बचत गरेर जम्मा गर्दे आएका थिए । तर, प्रतिनिधि झाले नक्कली सहि गरेर सेवाग्रहीको नाममा रहेको खाताबाट ऋण मार्फत रकम निकालेको आरोप स्थानिय पिडित राजाराम दासको रहेको छ । हामीले सय रुपैयाको दरले दैनिक रुपमा रकम जम्मा गराउने गरेका थियौं, समय पुगेर रकम झिक्न जाँदा खाताबाट पहिल्यै २१ हजार ५ हजार लोन लिएको रेकर्ड देखाएर संस्थाले भुक्तानी दिन अस्विकार गरेको दासले बताए ।
संस्थाले समय पुरा भईसकेको सेवाग्रहीहरुलाई उपस्थित गराएर भुक्तानी दिनुको सट्टा प्रतिनिधीलाई नै भुक्तानी दिने गरेकोले रकम हिनामिना हुनुमा सस्थाको प्रतिनिधि र कर्मचारी दोषी रहेको अर्का पीडित विपिन मिश्राको भनाइ छ ।
झाले प्रतिनिधी का कारण आफ्नो ६० हजार रुपैया हिनामिना भएको गुनासो गरेका छन ।
रकम हिनामिना भएको जानकारी गराउदा संस्थाका कर्मचारीहरु यस विषयमा आफुलाई कुनै जानकारी नभएको भन्दै पञ्छिने गरेका छन ।
संस्थाले प्रतिनिधि झा विरुद्ध मुद्धा दर्ता गरी कारबाही प्रकृया अगाडी बढाएपनि विगत एक वष देखि रकम पाउन नसकेको गुनासो पिडितहरुको छ ।
तीन साता अघि संस्थामा तालाबन्दी गरेका उनीहरुले रकम पाउने आश देखाएर ८५ हजार ५ सय मध्ये जम्मा १९ हजार रुपैया दिएको बताए ।
संस्थाले तोकेको अधिकारीक व्यक्ति मार्फत आफुले रकम जम्मा गराउने गरेको तर प्रतिनिधि भाग्दा हामीलाई मतलब छैन भन्ने जवाफको जिम्मेवारी संस्थाले लिनुपर्ने हो अर्का पीडित अम्बिका कुमारीले भनिन ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु