रौतहट ५ माघ ।रौतहटका ३ जना मधेश सहिद परिवारलाई अमेरिकाबाट प्रकाशभाईले ब्ल्याकेट सहित खाद्यान्न सामाग्री सहयोग गरेका छन ।
२०७२ सालको आन्दोलनमा रौतहटमा ३ जना ले शाहदत प्राप्त गरेका थिए ।
मधेश आन्दोलनमा रौतहट जिल्लाको ईशनाथ नपा वडा नं ४ मटिआ महुलिया का राजकिशोर ठाकुर, राजपुर नपा ६ बलुवा का शेख मैनुदिन र परोहा नपा ३ तेजापाकड का शम्स शेख तबरेज आलम को आन्दोलनको क्रममा प्रहरीको गोली लागेर ज्यान गएको थियो ।
मधेश प्रदेश सरकारले माघ ५ गते प्रदेशभरि बलिदानी दिवसको रूपमा सार्वजनिक बिदा दिएर विभिन्न कार्यक्रम गरि मनाउँदै आएको छ ।
जनता समाजवादी पार्टी नेपाल तत्कालीन विधार्थी जिल्ला अध्यक्ष तथा फतुवा बिजयपुर नगरपालिका वडा नं ७ टेङ्गहा निवासी वैदेशिक रोजगारीको सिलसिलामा हाल अमेरिकका मा आइरहेका जयप्रकाश भाई मधेशीयाले प्रत्येक बर्ष सहिदका परिवारलाई खाद्यान्न सामाग्री, लत्ताकपडा, छोराछोरीलाई पढाउनको लागि रकम लगायतको सहयोग गर्दै आएका छन ।
गतवर्षमा राहत दिने क्रममा सहिद राजकिशोर ठाकुरको श्रीमती र आमाबाबुले एउटा ग्यास चुल्हो, सैलेण्डर ल्याइदिनु आग्रह गरेकाले यसबर्ष एक थान ग्यास, एक थान चुल्हो, एक बोरा चामल, पाँच केजी दाल, एक लिटर खानेतेल र एक थान ब्ल्याकेट उपलब्ध गराइएको छ ।
त्यस्तै सहिद शेख मैनुदिन र शम्स शेख तबरेज आलमको घरमा समेत एक बोरा चामल, पाँच केजी दाल, एक लिटर खानेतेल र एक थान ब्ल्याकेट उपलब्ध गरेका छन् ।
सहिद परिवारको सदस्यहरूले खाद्यान्न सामाग्री र अन्य समानहरू पाउदा धेरै हर्षित भएको बताएका छन ।
सो राहत सामाग्री हस्तान्तरण गर्न पत्रकार अभिमनु कुमार पटेल, अरबिन्द कुमार यादव, हनुमत कुमार यादव, युवा नेता सतिश कुमार पटेल साथै समाजवादी विद्यार्थी युनियन रौतहटका अध्यक्ष धर्मेन्द्र यादव लगाएत पुगेका थियो ।