Thursday, January 23, 2025

बारामा एकै दिन ३ सय ३२ फरार प्रतिवादी पक्राउ

पछिल्लाे समाचार


बारा ९ माघ । जिल्ला प्रहरी कार्यालय बाराले एकै दिन ३ सय ३२ जना फरार प्रतिवादी पक्राउ गरी अदालतमा बुझाएको छ ।
जिल्ला प्रहरी कार्यालय बाराले  अदालतबाट फैसला कार्यान्वयनको लागि प्राप्त फरार प्रतिवादीहरूलाई पक्राउ गरी कानूनी कारवाहीको लागि  फरार प्रतिवादी पक्राउ अभियान शुरु गरेको थियो ।
प्रहरीले माघ गते बिभिन्न मुद्दाका ३ सय ३२ जना फरार प्रतिवादीहरूलाई जिल्लाका विभिन्न ठाउँबाट पक्राउ गरी  बारा जिल्ला अदालतमा आवश्यक कारवाहीको लागि बुझाएको छ।
  अदालतबाट कैद तथा जरिवानाको फैसला भई  लुकीछिपी बस्दै आएका फरार प्रतिवादीहरूलाई  प्रहरीले  पक्राउ गरेको हो ।
अधिकतम ६ वर्ष ५ महिना १० दिन कैद सजाय भएका जिल्ला बारा कलैया उ.म.न.पा. वडा नं.१ बस्ने विजय दास देखी बैकिङ्ग कसूर मुद्दामा ७,लाख जरिवाना सजाय भएका जिल्ला बारा पचरौता नगरपालिका वडा नं.२ बस्ने एजाजुल हक अंसारी, हातहतियार खरखजाना मुद्दामा  कैद सजाय भएका जिल्ला बारा निजगढ नगरपालिका वडा नं. १ बस्ने बासु चौधरी लगायत छन।
पक्राउ परेका मध्ये ३६ जनालाई थुनुमा राख्न पर्सा कारागार कार्यालय चलान गरिएको छ । बाँकी ले जरिवाना भुक्तान गरी मुक्त भएका छन ।
अपराध गरिसकेपछि कोही पनि तोकिएको सजाय, जरिवाना भुक्तान नगरी लुकीछिपी बस्न नसक्ने हुँदा फैसला कार्यावन्यनलाई अभियानको रूपमा संचालन गरेको बाराका एसपी होबिन्द्र बोगटीले बताएका छन ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु