रौतहट, १५ माघ । रौतहटमा सरुवा भएका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्र र संचारकर्मीहरु बिच परित्यात्मक एवं समसमायिक विषयमा छलफल भएको छ ।
आईतवार आयोजित कार्यक्रममा संचारकर्मीहरुले जिल्ला प्रशासन कार्यालयबाट सेवाग्राहीहरुले पाउनुपर्ने सेवामा ढिलासुस्ती, नदिनालाबाट निकालिने नदिजन्य बस्तुको दोहन, अबैध क्रशर उद्योग, चुरे दोहन, लगायतमा प्रजिअ मिश्र समक्ष संचारकर्मीहरुले समस्याहरु राखेका छन ।
प्रजिअ मिश्रले जिल्ला प्रशासन कार्यालयमा सेवाग्राहीहरुले भोग्दै आएको समस्यालाई समाधान गर्न चाँडै टाइमकार्ड लागु गर्ने सोको लागि प्रक्रिया सुचारु गराईसकेको बताए ।
प्रजिअ मिश्रले अन्य कार्यालयहरुको समस्या समाधान गर्न पहल गर्ने, मापदण्ड विपरित क्रसर उद्योगलाई कडाईका साथ निगरानीमा राख्ने तथा अबैध क्रसर उद्योगको पहिचान गेरर बन्द गराउने, खोलामा हुने अबैध दोहनलाई नियन्त्रण गर्ने तथा स्थानीय सरकारलाई पनि जागरुक बनाउने, चुरे दोहनलाई पूर्णरुपमा निस्तेज पार्ने, सिमाबाट हुने तस्करी,चुहावट नियन्त्रण गर्ने कार्यलाई प्रमुख प्राथमिकतामा राखेर अगाडि बढ्ने संचारकर्मीहरु समक्ष प्रतिबद्धता जनाएका छन
सो कार्यक्रममा राष्ट्रिय अनुसन्धानका उप निर्देशक चन्दन झा, नेपाल पत्रकार महासंघ अध्यक्ष प्रेमचन्द्र झा लगायत एक दर्जन बढी संचारकर्मीहरुको उपस्थिति रहेको थियो ।