रौतहट ७ माघ । माधवनारायण नगरपालिका–६ माधोपुरमा शुक्रवारदेखी फ्यूज सेवा तथा विधुत महसुल काउण्टर सञ्चालनमा आएको छ ।
शुक्रवार एक कार्यक्रमका बीच विधुत प्राधिकरण गौर वितरण केन्दका प्रमुख विजय महतो र माधवनारायण नगरपालिकाका मेयर बैजनाथ प्रसाद यादव ले संयुक्त रुपमा महसुल काउण्टरको उद्घाटन गरेका छन् ।
स्थानीय तहमै महसुल काउण्टर सञ्चालन भएपछि माधवनारायण नगर सहित छिमेकी पालिकाका सेवाग्रही लाई सेवा पुगेको छ ।
काउण्टरको उद्घाटन गर्दै विधुत प्राधिकरण गौर वितरण केन्द्रका प्रमुख विजय महतोले नजिकमा बिजुली बिल बुझाउने काउण्टर नहुँदा उपभोक्ताले बिल तिर्न निकै सास्ती खेप्दै आएकोले सहज बनाउन महसुल काउण्टर सञ्चालन गरेको बताएका छन् ।
यसअघि नजिकमा बिजुली महसुल बुझाउने काउण्टर नहुँदा उपभोक्ताहरु गरुडा, गौर, शिवनगर गएर महसुल बुझाउन बाध्य थिए ।
विद्युत महशुल बुझाउन पाँच सय हजार रुपैंया खर्च गरेर गरुडा, शिवनगर जान बाध्य थिए ।