रौतहट २८ पुस । आधुनिक कृषि ओजार तथा सामग्री प्रयोगमा आउन थालेपछि परम्परागत कृषि औजार लोप हुन थालेका छन ।
आधुनिक सामग्रीको उपलब्धत र उच्चतम प्रयोगले खेत जत्ने गोरु नै लोप हुने अवस्थामा पुगेको छ । मधेशका किसानले गोरु पाल्न छोडेका छन् ।
चन्द्रपुर नगरपालिकाका कृषि अधिकृत उमेश चौधरी भन्छन,परम्परागत कृषि आजार लोप हुँदै गएको छ। ती सामग्री प्रयोगमा आउन छाडेका छन ।
पहिले पाइने कुटो,कोदालो,हलो,जुवा,डोको नाम्लो,हसिया,कचिया जस्ता ओजार लोपहुदै गएका छन ।