Saturday, January 25, 2025

नौ बर्षिय बालक हत्या आरोपमा दुइजना पक्राउ

पछिल्लाे समाचार


रौतहट ६ माघ । नौ वर्षीय बालकको हत्या गरेर शव नदीमा फालेको आरोपमा प्रहरीले दुइ जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा रौतहट को माधवनारायण नगरपालिका ८ पिपरा रजवाडाका जयराम महतो कोइरी र सोही ठांउका सञ्जय राम छन।
जग्गा सम्बन्धी रिसवी र झगडाका कारण जयरामले  आशनारायणको हत्या गरेको प्रहरीले जनाएक‍ो छ ।
गएको मंसिर २५ गते घर बाट हराएका आशनारायणको शव पुस १ गते माधवनारायण नगरपालिका ८ स्थित बागमती नदीमा मृत फेला परेका थिए ।
२५ गते घर बाहिर खेलिरहेका आशनारायणलाई  जयराम महतो र उनका सहयोगी सञ्जय रामले मुख थुनेर नजिकै रहेको छाप्रोमा लगेर कपडाले हातखुट्टा बाँधेर हत्या गरेकाे  प्रहरीको भनाइ छ ।
आरोपिले हत्या पछि शव  सोही छाप्रोमा लुकाएको र अर्को दिन राती एक मिलोमिटर टाढा रहेको परालको थुप्रोमा लुकाएर   २९ गते राति बालकको शव बोरामा हालेर बागमती नदीमा फालेको अनुसन्धान बाट खुलेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुख उपरीक्षक वीरबहादुर बुढामगरले बताएका छन ।
उनले  भने, ‘कसैलाई शंका नहोस भनेर  जयराम परिवारजनसँगै बालकको खोजतलाश गर्न सकृय थिए ।
पक्राउ परेका दुवैजनालाई कर्तव्य ज्यान मुद्दामा जिल्ला अदालत गौरबाट म्याद थप गरी कारबाही अगाडी बढाएको प्रहरी उपरीक्षक बुढामगरले बताएका छन ।
  जय किशोर प्रसाद कुशवाहाको छोरा वर्ष ९ को आशनारायण प्रसाद कुशवाहा आफ्नै घरबाट हराएको र निजलाई खोजतलाश गर्ने क्रममा १ गते साझ ५ बजे माधवनारायण नगरपालिका वडा नं -८ स्थित वागमती खोला नदिको पानीमा मृत  फेला परेका थिए ।
जयराम महतो कोईरीले संजय राम संग सल्लाह गरेर बदला लिने योजना बनाई बालकको हत्या गर्ने योजना बनाएको डिएसपी सुनिल मल्लले बताए ।
२६ गते राती १२ बजे करिवमा   खलियानमा निजहरु दुबै जनाले लाश निकाली बोरामा राखी सो स्थान देखि  १ किलो मिटर टाढाको खेतमा रहेको परालको थुप्रोमा लुकाएका थिए ।
कसैलाई शंका नहोस भन्नका लागी कोईरी मृतक बालकको बुबा सँग दिउँसोको समय खोजी गर्न जाने गरेका थिए ।
प्लास्टिकको वोरामा जयराम महतोले लाश बोकेको  र संजय रामलाई आगाडी वाटो हेर्न लगाएको खुल्न आएको प्रहरीको भनाइ छ ।
२९ गते राती खोलामा फ्याकेर फर्कीदा जयराम महतोले लाश बोक्दा लगाएको प्लास्टिकको बोरा ज्यकेट आग‍ोको घुरमा जलाई दिएकाे प्रहरीको भनाइ छ ।
माधवनारायण न.पा. वडा नं -८, पिपरा रजवाडा बस्ने बर्ष ३३ को जयराम महतो कोईरी र सोही ठाउका  बर्ष ३७ को संजय राम लाई  प्रहरीले पक्राउ गरेको छ ।
मृतकको मुख बाँध्न प्रयोग भएको गम्छा , मृतकको लाशलाई नदी सम्म लानको लागि प्रयोग गरिएको बोरा ,मृतकको गञ्जी काट्न प्रयोग गरिएको हँसिया, मृतकको लाशलाई छोप्नलाई प्रयोग गरिएको त्रिपाल बरामद गरेको डिएसपी मल्लले जानकारी दिएका छन ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु