रौतहट २ माघ । रौतहट काठमाडौं सम्पर्क मञ्च द्वारा रौतहटबाट निर्वाचित एसमाजवादी पार्टीका प्रतिनिधि सभा तथा प्रदेश सभाका बिजयीहरु सांसदलाई सम्मान गरेको छ ।
पुर्व प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधव कुमार नेपाल तथा प्रदेशसभामा बिजयी कनिष पटेल र प्रदेशसभा समानुपातिक बाट निर्वाचित किशोरी देवी दासलाई बधाई तथा सम्मान कार्यक्रम सम्पन्न गरेको छ ।
कार्यक्रम पार्टीका अध्यक्ष माधब कुमार नेपालको प्रमुख आतिथ्यतामा मा सम्पन भएको थियो ।
सो कार्यक्रममा पार्टीका स्थायी कमिटी सदस्य एवं पूर्व मन्त्री डा. बंशीधर मिश्र, पार्टी पोलिट्ब्युरो सदस्य एवं सम्पर्क बिशेष प्रदेश कमिटीका इञ्चार्ज बिजय गुरुङ ,पोलिट्ब्युरो सदस्य रबिन्द्र बैठा, केन्द्रीय कमिटीका सदस्य एवं गण्डकी प्रदेश सम्पर्क कमिटीका इञ्चार्ज शंकर पोखरेल,केन्द्रीय सल्लाहकार परिषद् सदस्य शंकर बिश्वकर्मा,केन्द्रीय सदस्य पार्बती बिसुन्के, केन्द्रीय अर्थ तथा योजना विभागका सदस्य एव अर्थशास्त्री डा. चन्दमणि अधिकारी , सम्पर्क बिशेष प्रदेश कमिटीका उपाध्यक्ष एवं केन्द्रीय कानुन बिभागका सदस्य नवराज तिमिल्सिना, मधेश प्रदेश सम्पर्क कमिटीका अध्यक्ष बेदनाथ कोइराला, गण्डकी प्रदेश सम्पर्क कमिटीका अध्यक्ष जगन्नाथ अधिकारी, १ नं. प्रदेश सम्पर्क कमिटीका अध्यक्ष अमर राउत, केन्द्रीय कानुन बिभागका सदस्य गोपाल श्रेष्ठ, मधेश प्रदेश सम्पर्क कमिटीका सचिव हरि देब यादव, केन्द्रीय भौतिक पुर्वाधार तथा यातायात विभाग सदस्य तथा मधेश प्रदेश सम्पर्क कमिटीका सदस्य .पार्वती दुलाल, केन्द्रीय भौतिक पुर्वाधार बिभाग सदस्य .प्रताप खडका,सम्पर्क बिशेष प्रदेश कमिटीका सदस्य.राजन उप्रेती, मधेश प्रदेश समपर्क कमिटी सदस्यहरु .मीन प्रसाद गौतम, .इन्दिरा कोइराला, .एक्रामुल हक, लगायतका नेताहरुको उपस्थिति रहेको थियो ।
कार्यक्रम सम्पर्क मञ्चका अध्यक्ष सचित कुइकेल को अध्यक्षता सम्पन्न भयो भने सञ्चालन सचिव नमोनारायण झाले गरेका थिए ।