Wednesday, January 22, 2025

नुनथरको झोलुङ्गे पुल पर्यटकको आकर्षण

पछिल्लाे समाचार


रौतहट १७ पुस । पर्यटकीय क्षेत्र नुनथरमा रहेको झोलुङे पुलमा सेल्फी लिने र पुल बाट दृश्यावलोकन गर्नेहरुको घुइचो लाग्ने गरेको छ ।
  नयाँ वर्ष, पिकनिक मनाउन आउनेका लागि झोलुङे पुल आकर्षक को केन्द्र बनेको छ ।
चन्द्रपुर नगरपालिका १ स्थित वाग्मती नदीको किनारमा रहेको नुनथर पर्यटकका लागि चर्चित बन्दै गएको छ ।
रौतहट–सर्लाही जोड्ने झोलुङे पुलले पर्यटकलाई  लोभ्याएको साधन बनेको छ । पुलमा बसेर सेल्फी लिने,फोटो खिच्ने,दृश्यावलोकन गर्नेको भिड नै लाग्ने गरेको छ।
मनोरम दृश्य, बागमतीमा सुस्ताउँदै बगेको पानी, चुरे क्षेत्रको आकर्षणले पर्यटकलाई तानेको छ ।
पछिल्लो समय नुनथर घुम्न आउनेहरु बढेको,झोलुङे पुलले झनै आकर्षक बनाएको नुनथर क्षेत्र बिकास समितीका सदस्य समिरबाबु कार्की बताउछन ।
पूर्वपश्चिम राजमार्ग खण्डबाट करीव २ किमि उत्तर बागमतीको किनारमा नुनथर क्षेत्र आउँछ ।
पछिल्लो समय पिकनिक, विवाह,  र घुम्नेको रोजाइमा नुनथर परेको पर्ने गरेको छ ।
नयाँ वर्ष मनाउन २० हजार भन्दाबढी आन्तरिक तथा बाह्य पर्यट आएको समितिको अनुमान छ ।
सर्लाही, धनुषा, महोत्तरी, बारा, पर्सा, मकवानपुरका मानिस यहाँ घुम्न आउँछन् र झोलुङे पुल मा रमाउछन ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु