Wednesday, January 22, 2025

नव विनायक प्रावि जुडिवेलामा स्वीटर बितरण

पछिल्लाे समाचार


चन्द्रपुर १५ माघ। रौतहटको चन्द्रपुर नगरपालिका वाड नं. २ मा रहेको नव बिनायक प्राबिका सम्पुर्ण बिद्यार्थीलाइ  स्वीटर बितरण गरिएको छ ।
आइतबार बिद्यालय एक कार्यक्रम आयोजना गरी  बिद्यालयमा अध्ययनरत १ सय ६२ जना बालबालिकाहरुलाइ  स्वीटर बितरण गरिएको हो ।
कार्यक्रमका प्रमुख अतिथि तथा रौतहट क्षेत्र नं. ४ क बाट निर्वाचित मधेश प्रदेश सभा सदस्य युवराज भट्टराईले बिद्यार्थीहरुलाइ स्वीटर हस्तान्तरण गरेका छन ।स्विटर बितरण गर्दै प्रदेश सभा सदस्य भट्टराईले समग्र शिक्षा क्षेत्रको बिकाशको लागी योजना बनाएर नै अगाडी बढने धारणा राखेका छन ।
यस्तै जिल्ला अदालत पर्साका न्यायधिस ध्रुब त्रिपाठीले अब सरकारी बिद्यालयले पनि निजी बिद्यालयको जस्तै अध्यापन गर्नुपर्ने धारणा राखेका छन ।
समाजलाइ सबल बनाउन शिक्षा क्षेत्रको एकदमै महत्वपुर्ण भुमिका भएको हुदा सरकारी बिद्यालयमा शिक्षण गर्ने शिक्षकहरुले निजी क्षेत्रको भन्दा उत्कृष्ठ  काम उनको भनाइ छ ।
कार्यक्रममा स्वीटर सहयोग गर्नुहुने बिरगंजका ब्यपारी राज साह,जिल्ला समन्य समितिकी सदस्य कमला ढकाल,जुडिबेला माबि ब्यबस्थापन समितिका अध्यक्ष गणेश पाण्डे,जुडिबेला माबिका पुर्व अध्यक्ष टिका आचार्य,महेन्द्र मबिकी प्रअ कमला थापा,जुडिबेला माबिका सहायक प्रअ शेखरराज कणेल,समाजसेवी खडग बम्जन,चन्द्रपुर नगरपालिका चन्द्रपुर शाखाको प्रतिनिधि जुना तिमलसिना लगायतको सहभागिता रहेको थियो ।
न्यायधिश त्रिपाठीको पहलमा बिरगंजका ब्यपारी साहले सो बिद्यालयमा अध्ययनरत बालबालिकाहरुलाइ स्वीटर सहयोग गरेको नव बिनायक बिद्यालय ब्यबस्थापन समितिका अध्यक्ष तेज प्रसाद पाण्डेले जानकारी दिए ।
अध्यक्ष पाण्डेको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमको संचालन सोही बिद्यालयकी प्रअ निर्मला चापागाईले संचालन गरेका छन ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु