रौतहट १५ माघ ।विभिन्न चाडपर्व धार्मिक कार्य ,मूर्ति विसर्जन लगायत अन्य कार्यक्रमका क्रममा रौतहटको विभिन्न सार्वजनिक स्थलहरुमा दोहरो अर्थ लाग्ने (अस्लिल) गीत संगीत चर्को आवाजमा बजाइने डिजे माथि प्रतिबन्ध लगाउन माग गरिएको छ ।
प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्र, तथा जिल्ला प्रहरी कार्यालयलाई सरोकारवालाहरुले ध्यानकर्षण गराउँदै ज्ञापन पत्र बुझाएका छन ।
केही सामाजीक अगुवाहरुले बिकृतिहरुलाइ हटाउन अभियान थालेको बताएका छ ।
सामाजिक अभियान्ता निलु झा सहित १२ जनाको अभियान जिल्ला को हरेक व्यक्ति को अभियान बन्नेमा आशा र बिश्वास रहेको अभियान्ताहरुको भनाइ छ ।
रौतहटको विभिन्न सार्वजनिक स्थलहरुमा दोहरो अर्थ लाग्ने (अस्लिल) गीत संगीत बजाउने र चर्को आवाजमा गीत बजाउनेलाई कारवाईको दायरामा ल्याउने रौतहटका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्र ले बताएका छन ।