चन्द्रपुर १५ माघ । रौतहट जिल्ला क्षेत्र -४(क)प्रदेश सभा सदस्य युबराज भट्टराईले दोभानटोल जाने जिर्ण पुलको निरिक्षण गरेका छन ।
चन्द्रपुर-१ मंगलपुर पुरानो बस्ती देखि दोभान टोल जाने पुल लामो समय देखि जिर्ण रहेको हुदा स्थानीयबासी ले सास्ती भोग्दै आएका छन ।
स्थानियले आवतजावतमा समस्या हुँदै आएको गुनासो गरेपछि बागमती सिचाइ आयोजना का प्रमुख र प्राबिधिक टोली सहित जनप्रतिनिधिले जीर्ण पुलको निरिक्षण गरेका छन ।