रौतहट ९ माघ ।चन्द्रनिगाहपुर चौकमा पार्किङ ब्यवस्थित नहुदा सवारी दुर्घटनाको जोखिम बढेको छ ।
चन्द्रनिगाहपुरको मुख्य चोकमा ट्याम्पु पार्किङ,इरिक्सा,बस एकै ठाउमा पार्किङ हुदा दुर्घटनाको खतरा बढेको सरोकारवालाहरु बताउछन ।
जुडिबेला जाने टेम्पु पार्कमा ई रिक्सा र मोटर साईकल मनलाग्दी पार्किङ गरिदा पैदल यात्रु तथा व्यापारी मर्कामा परेको गुनासो छ ।
अब्यवस्थित पार्किङका कारण पैदल यात्रीहरु हिडडुल गर्न समेत कठिन हुने गरेको गुनासो छ ।
चन्द्रपुर क्षेत्रमा विभिन्न ब्यापार ब्यावसाय सञ्चालन गर्नका लागी मुख्य राजमार्ग देखि गौर रोड तथा भित्रि बाटोहरुमा समेत सडक छेउछाउ मा पार्किङ गरिदिनाले पैदल यात्रुहरुलाई हिड्न समेत कठिनाई भई ब्यापार ब्यावसायीमा समेत प्रत्यक्ष असर परेको भन्दै चन्द्रपुर नगर उद्योग वाणिज्य संघ चन्द्रनिगाहपुर ले सम्बन्धित निकायको ध्यानाकर्षण समेत गराउदै आएको छ ।
जोखिमलाई न्युनिकरणका लागी ब्यवस्थित पार्किङको ब्यवस्थापनमा सहयोग गरिदिन संघले चन्द्रपुर नगरपालिका,इलाका प्रशासन कार्यालय चन्द्रनिगाहपुर, इलाका प्रहरी कार्यालय , जिल्ला ट्राफिक कार्यालय,सडक डिभिजन कार्यालय र चन्द्रपुर नगरपालिकाको वडा नम्बर ४ , ५ , ६ को वडा कार्यालय चन्द्रनिगाहपुरमा केही महिना अघि पत्रचार गरि चन्द्रपुर चोक , क्षेत्रमा ब्यवस्थित पार्किङको ब्यवस्थापनको लागी केही महिना अघि सरोकारवाला निकाय संग अपिल समेत गरेको थियो ।
केही महिना चन्द्रनिगाहपुरका चोक र बजार मा जथाभावी राखिएका पसल, ठेला र टहरा हटाएपनि बिस्तारै पहिलेकै अवस्थामा आएको व्यापारीहरु बताउछन ।