रौतहट ६ माघ । चन्द्रपुर नगरपालिका-४ स्थित मुख्य चौकको होटलबाट निस्कने फोहोरका कारण प्रदूषित बनेको छ ।
होटल व्यवसायीले फाल्ने फोहोर र दूषित पानीका कारण मुख्यचोक दुर्गन्धित भएको हो ।
स्थानपयले पटक/पटक सडकमा फोहर नफाल्न विरोध जनाए पनि नगरपालीका लगाएत वडाले चासो देखाएको छैन ।
डिभिजन सड़क कार्यालय चन्द्रनिगाहपुरले गत वर्षको वैशाखमा आश्रय निर्माण सेवालाई ठेक्का दिएर मुख्य चोकको दुई लेनको सडकलाई स्तरोन्नति गरी चार लेनको बनाए पनि नाला नहुदा फोहरको समस्या छ ।
होटल व्यवसायीले नालामा छाडेको पानी सडकमा बग्न थालेपछि दुर्गान्ध बढेको हो ।
नालाबाट पानी बन छाडेपछि फोहोर पानीले गन्हाउने भएको स्थानीयको भनाइ रहेको छ ।
वडाध्यक्ष रवी राना मगरले होटल व्यवसायीलाई पटक पटक फोहोर पानी नफाल्न अनुरोध गरेपनि अटेर गरेको बताए ।
सडकमा फोहोर पानी र जथाभावी सवारी पार्किङ गर्दा सहरी सौन्दर्यलाई असर परेको नगर प्रमुख संजय काफ्लेले बताए ।
उनले भने , ‘चाँडै नै फोहोर पानीलाई व्यवस्थित गछौं । पार्किड पनि मिलाउछौ ।’