Wednesday, January 22, 2025

गौरमा एक दिने अभिमुखीकरण कार्यक्रम सम्पन्न

पछिल्लाे समाचार

गौर, २८ पुस । हानिकारक सामाजिक मूल्य मान्यताहरू र त्यसले यौन स्वास्थ्यमा पर्ने असरहरू बारे एक दिने अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ ।
आसमान नेपालको आयोजना तथा ब्रिटिश काउन्सिल र भी. एस. ओ को सहयोगमा आयोजना गरिएको हो ।
अभिमुखिकरण कार्यक्रममा सहजकर्ताको रूपमा पुनम ठाकुरले आफ्नो प्रस्तुतिकरण गर्दै विषय वस्तुलाई प्रस्ट्याएकी थिइन ।
हानिकारक सामाजिक मूल्य,मान्यताहरूका कारण यौन स्वास्थ्यमा पर्ने विभिन्न प्रकारका असरहरु बारे चर्चा गरिएको थियो ।
हानिकारक सामाजिक मूल्य मान्यताले बालविवाह, दाइजो, लिङ्गको आधारमा विभेद, धार्मिक परम्परा, रीतिरिवाज, आदिले समाजमा नकारात्मक असर गरेको धारणा सहभागिहरुले राखेका छन ।
हानिकारक मूल्य मान्यतालाई जरै देखि उखेल्न नसकेपनि न्युनिकरण गर्न सबैले आआफ्नो सोचमा परिवर्तन गर्नु पर्ने धारणा राखिएको छ ।
कार्यक्रममा सामाजिक अगुवा, धार्मिक अगुवा, सामाजिक अभियन्ता, लगायत २० जनाको सहभागिता रहेको थियो ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु