पर्सामा निसास्सिएर दुई युवकको मृत्यु भएको छ ।
वीरगञ्ज महानगरपालिका-२२ मा रहेको कोइला डिपोमा कार्यरत रहेका उनीहरुको निसास्सिएर मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।
मृत्यु हुनेमा भारत बिहारको मोतिहारी घर भएका २९ वर्षका पवित्र गिरी र भारत नै घर भएका ३० वर्षीय मिथिलेस यादव रहेका छन् ।
चिसो भएपछि कोठामा कोइला बालेर सुतेकामा निसास्सिएर उनीहरुको मृत्यु भएको हो । थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।