रौतहट १२ माघ । रौतहटको क्षेत्र नम्बर १ का संसद तथा पुर्व प्रधानमन्त्र माधवकुमार नेपाल गौरमा स्मृती टावरको शिलान्यास गरेका छन ।
टावरको शिलान्यास गर्दै गौर नगरपालिकाका नगर प्रमुख शम्भु साहले नगरले भौतिक पुर्वाधारको विकासमा फडको मार्न लागेको बताएका छन् ।
नगरपालिकाको ९५ लाखको लागतमा गौर स्थित मधेशी क्रान्ति चोकमा निर्माण हुने स्मृति टावरको बिहिवार शिलान्यास भएको हो ।
नगरपालिकाको नगरस्तरिय योजना अन्तर्गत निमार्ण हुने टावर ऐतिहासिक हुने मेयर साहको भनाइ छ ।
विपि कोइरालाको स्मारक भएको ठाउँमा निर्माण भइरहेको स्मृति टावरको चारै तर्फ देशको लागी योगदान पुर्याउने सहिलहरुको प्रतिमा राखिने मेयर साहले जानकारी दिए ।
शिलान्यास कार्यक्रममा नेपाली कांग्रेसका क्षेत्र नम्बर १ क का प्रदेश सासद नागेन्द्र साह , नेपाली कांग्रेसका प्रदेस सभापति तथा क्षेत्र नम्बर १ ख का सासद कृष्ण यादव ,नेपाली कांग्रेस का नेता रामचन्द्र गिरी,तरूण दलका जिल्ला अध्यक्ष मो.नौसाद आलम,लगाएतका नेताहरुको उपस्थिति रहेको थियो ।
केही बर्ष अघि पनि बिपि चौकमा घण्टाघरको शिलान्यास
गौर नगरपालिकाका पुर्व नगर प्रमुख अजय कुमार गुप्ताले नगरपालिकाको १ करोडको लागतमा गौर स्थित( बिपि चौक) मधेशी क्रान्ति चोकमा निर्माण हुने स्मृति टावरको शिलान्यास गरेका थिए ।
त्यसबेलाका मेयर गुप्ताले स्मृति टावरको निमार्णले गौर नगरपालिकाको विकासमा थप टेवा पुग्ने बताए थिए ।
देशमा भएका जनआन्दोलनमा आफनो योगदान गरेका विर शहिदहरुको शालिक राखिने योजना रहेकोले गौरको सौन्र्दयकरणमा ठुलो भुमिका घण्टा घरको निर्माणले पुग्ने नगर पुर्व प्रमुख गुप्ताको विश्वास रहेको थियो ।
२ वर्ष भित्र निर्माण कार्य सम्पन्न गरिने लक्ष्य रहेको सो टावरको निर्माणका लागी नगरपालिकाले पहिलो बर्ष ४० लाख रुपैया निकासा गरेको जनाएको थियो ।