Thursday, January 23, 2025

आरसिसि भन्दा पिपिसी ढलानमा बढी कमिसन !

पछिल्लाे समाचार

रौतहट ३ माघ । जनप्रतिनिधिहरुले विकास निर्माणको काम गर्दा अधिकतम लाभ लिन आरसीसी ढलान भन्दा पिसीसी ढलान गर्ने, ग्रेभल गर्ने योजना लाई प्राथमिकता दिने गरेको गुनासो छ ।
भूईमा छड राखेर गरिने ढलानलाई आरसीसी भनिन्छ भने छड नराखी गरिने लाई पिसीसी दलान भन्ने गरिएको छ ।
आरसीसी ढलान गर्दा छड राख्नुपर्ने भएकोले त्यसमा निर्माण कम्पनी वा ठेकेदारलाई बढी फाइदा हुँदैन तर पिसीसी ढलानमा छडको आवश्यकता नपर्ने भएको हुनाले त्यसमा बढी फाइदा हुने भएको हुँदा यहाँका अधिकाश जनप्रतिनिधिहरुको बढी फाइदा हुने पिसीसी ढलान गर्नेतर्फ नै बढी ध्यान दिने गरेको गुनासो छ ।
प्रदेश सरकारको २५ लाखको सड़क ढलान योजनामा ठुलो रकम भ्रष्टाचार गर्न कटहरिया नगरपालिका- ५. कटहरियाका वडा अध्यक्ष सफलाल गुप्ताले नगरपालिकाको वडा न ४ बलिरामपुरमा भूईमा छड नै नराखी सडक ढलान गराइरहेका छन् ।
मधेश प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालय जनकपुरबाट यस चालु आर्थिक वर्षमा विनियोजित २५ लाख रुपैया लागतमा सडक ढलान भएको थियो ।
आफनै नजिकका उपभोत्ता समितिमा राखेर समितिद्वारा काम गराउने चलन रहेको छ ।
योजनाको लागत इस्टिमेट बारे समितिका अध्यक्ष किफाइल मियासंग सोध्दा यस बारेमा आफुलाई केही जानकारी नरहेको बताएका छन् ।
ढलान गर्ने मसलाको घोल गुणस्तरीय र मापदण्ड अनुसार नहुँदा लाखौको लागतमा निर्माण भइरहेको सडक कमजोर र गुणस्तरहीन बनेको स्थानीयहरु बताउँछन।
पूर्वाधार विकास कार्यालय गौर र कटहरिया नगरपालिकाले योजनाको अनुगमन समेत गरेका छैनन ।
स्थानीय विवेक दासले ढलान गर्दा मापदण्ड अनुसार ग्राभेल र गिटीको प्रयोग नगरेको , सिमेन्ट र बालुवाको मात्रा न्यून राखेको बताउछ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु