रौतहट, ६ माघ । आगो ताप्ने क्रममा दुर्गाभगवत गाउँपालिका ३ मत्सरीका तीन जना जलेर घाइते भएका छन ।
आगो ताप्ने क्रममा जलेर महिला, नवजात शिशु सहित तीन जना घाईते भएका छन् ।
चिसो छल्न शुक्रवार विहान आगो ताप्ने क्रममा अजय दासको २० बर्षिया श्रीमती रमिता देवी दास गम्भीर घाईते भएकी छिन् । गम्भीर घाईते महिलाको गौर अस्पतालमा उपचार भईरहेको छ ।
महिला संगै काँखमा रहकी ४ महिनाको बालिका सन्ध्याकुमारी दास र आगो निभाउन खोज्दा महिलाको देवर विजय दास सामान्य घाईते भए ।
घाईते तीनै जनाको गौर अस्पतालमा उपचार भईरहेको अस्पतालका आकस्मिक कक्षका प्रमुख पंकज ठाकुरले जानकारी दिएका छन ।