रौतहट २९ पुस ।कटहरिया नगरपालिका १ भसेढवा घर भएकी एक जना अपांङ्ग लाई ह्विल चेयर सहयोग गरेको छ ।
कटहरियाकी नगर उप प्रमुख रिता देवीले अपाङ्ग माहावती देवीलाई ह्विल चेयर प्रदान गरेकी छिन ।
कार्यपालिका सदस्य शान्ति देवी यादव, वडा सदस्य रामइश्वर यादव ,स्थानिय बुद्धिजीबी, समाजसेवीहरुको ह्विल चेयर हस्तान्तरण कार्यक्रममा उपस्थिती रहेको थियो ।
माहावती ले ह्विला चेयर पाएपछि खुशी व्यक्त गर्दै आफ्नौ दैनिक जीवन सहज हुने भन्दै खुशीव्यक्त गरेकी छिन ।
कटहरिया नगरपालिकाको अपांङ्ग समन्वय समितिकी संयोजक समेत रहेकी उपमेयर यादवले अपांङ्गहरुलाइ जुनसुकै बेला सहयोग गर्न आफू तयार रहेको बताएकी छिन् ।