जनकपुरधाम ८, माघ /दुई साता अघि भारतमा अपहरणमा परेका जनकपुरधामका दुई युवाको शव फेला परेको छ ।
१३ दिनदेखि सम्पर्क विहिन रहेका जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर ८का २१ वर्षिय रोहित साह र वडा नम्बर १३का २२ वर्षिय बिष्णु साहको भारतमा शव फेला परेको हो ।
मृतक दुवैजना एकै परिवारका हुन । रोहित बिष्णुलाई लिएर भारतको सितामढी जिल्लाको बेला परिहारमा आफनो नातेदारका घर गएका थिए ।
भारतिय प्रहरीले भारतको सोहि क्षेत्रमा दुईवटा शव फेला पारेपछि आइतवार बिहान मृतक युवकहरुको आफन्तहरुलाई सनाखतका लागि खबर गरेको थियो ।
मृतक दूबै जनाको शव अहिले भारतको बेला परिहारस्थित स्थित प्रहरी कार्यालयमा राखिएको छ ।
आफन्तको घर भारत पुगेका दूबै जना सम्पर्क विहिन भएको केही दिनपछि उनीहरुको परिवारलाई फिरौतीका लागि भारतिय नम्वरबाट फोन आइरहेको थियो । सुरुमा ५० लाख मागेका अपहरणकारीहरुले पछि फिरौती रकम २० लाख मागेका थिए ।
अपहरणकारीहरुले बिष्णुको आवाज रेकर्ड गरेर उनको परिवारलाई पठाएको थियो ।
अपहरणकारीहरुले फिरौतीको रकम लिएर सर्लाहीको मलंगवा नाकामा बोलाएको थियो ।