Wednesday, January 22, 2025

१५ वर्षीया बालिकालाई करणी गरेको आरोपमा निजगढबाट एक भारतीय नागरिक पक्राउ

पछिल्लाे समाचार


बारा , २० पुष //
१५ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा निजगढबाट एक जना भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ।

बाराको निजगढ नगरपालिका वडा नम्बर ९ स्थित डेरामा बस्दैँ आएका भारतको मजफरपुर थाना सरहिया ग्राम घर भएको लालबाबु चौधरीलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

डेरामा पुगेकी तीबालिकालाई ललाइफकाइ चौधरीले जबरजस्ती करणी गरेको भन्दैँ पीडितका आफन्तले प्रहरीमा उजुरी दिएको थियो ।

पीडितका आफन्तले दिएको जाहेरीका आधारमा पक्राउ गरिएको उनीमाथि घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु