रौतहट ४ माघ । रौतहटका होटल तथा पर्यटन ब्यबसायी हरुको बिशेष भेला बुधवार होटल तराई इन चपुरमा सम्पन्न भएको छ ।
होटल तथा पर्यटन ब्यबसायी महासंघ मधेस प्रदेशका अध्यक्ष हिरालाल गौतम को प्रमुख आतिथ्यता ,संरक्षक सल्लाहकार युवराज लामा , बरिष्ठ उपाध्यक्ष उदय सापकोटा , महासचिव मोहन शर्मा र हान मधेस प्रदेशका वरिष्ठ उपाध्यक्ष मोहन प्रधान को विशेष उपस्थितिमा भेला सम्पन्न भएको छ ।
होटल तथा पर्यटन ब्यबसायी संघ रौतहटको अध्यक्षमा होटल आरोही र होटल पशुपतीका संचालक शिवराम राउत सर्वसम्मत निर्वाचित भएका छन ।
वरिष्ठ उपाध्यक्षमा होटल ए एन प्लाजाका संचालक अरविन्द चौधरी, उपाध्यक्षमा सगुन बेकरीका संचालक अमर श्रेष्ठ, महासचिवमा होटल हाईवे हेवनका संचालक मदन तिमल्सिना, सचिबमा होटल होलिडे ईनका संचालक यज्ञ थापा र कोषाध्यक्षमा गंगा स्टाप होटलका संचालिका गंगा खड्का सर्वसम्मत निर्वाचित भएका छन ।
संघका निवर्तमान अध्यक्ष अरुण लामाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा ब्यबसायी हरुले भोग्नु परेका समस्या हरुको बारेमा छलफल भएको थियो ।
प्रमुख अतिथी हिरालाल गौतमले जिल्ला संघका सदस्य हरु राम्रो संग संगठित भएर कार्य गर्दै अघि बढ्न र हरेक समस्या समाधानको लागी प्रदेश महासंघ हातेमालो गर्न तयार रहेको बताएका छन ।
राष्ट्रिय खेलकुद परिषदका पुर्व सदस्य सचिव समेत रहनुभएका वरिष्ठ चलचित्र कर्मि एवं पर्यटन व्यवसायी यूवराज लामाले होटल तथा पर्यटन व्यवसायीले झेल्दै आएको समस्याहरुमा तीन बटै सरकारले ध्यानदिनु पर्ने बताए ।
संगठनको महत्व बारे बताउनुहुदै महासचिव मोहन शर्माले ब्यबसायी हरुलाई उत्साहित भएर अघि बड्न आग्रह गरेका छन ।
महासंघका वरिष्ठ उपाध्यक्ष उदय सापकोटाले महासंघमा रौतहट संघको ठूलो महत्व रहेको बताए ।
उक्त भेलाले संघका निवर्तमान अध्यक्ष अरुण लामा लाई बिशेष धन्यवाद दिएका छन । यस्तै संघको संरक्षक सल्लाहकारमा होटल ब्यबसायी संघ रौतहटका संस्थापक अध्यक्ष उदय सापकोटा लाई र रौतहटको पहिचानको रुपमा स्थापित होटल तराई ईन र गौतम होटल चन्द्रपुरलाई संरक्षकमा सर्वसम्मत चयन गरेको छ ।