रौतहट १ माघ / फरक क्षमता भएका सुस्तश्रवण छात्रछात्राहरुको लागि चन्द्रपुरमा सुविधा सम्पन्न छात्रावास निर्माण अन्तिम चरणमा पुगेको छ ।
रौतहट को चन्द्रपुर नगरपालिका वडा नं ६ मा रहेको जन ज्योति माध्यमिक विद्यालयमा संचालित सुस्त श्रवण अध्यनरत छात्रछात्राहरुको लागी आवास गृहको निर्माण गरिएको चन्द्रपुर नगरपालिकाका मेयर सञ्जय कुमार काफ्लेले बताएका छन् ।
पुर्व नगर प्रमुख रामचन्द्र चौधरीको पालामा २० लाख बजेट र नगर प्रमुख काफ्लेको पहलमा थप बजेट २५ लाखको लागतमा दुईतले पक्की भवन निर्माण भइरहेको छ ।
विद्यालयमा सुस्त श्रवण कक्षामा ५ दर्जन बढी छात्रछात्राहरु अध्ययन गर्दै आएका छन् ।