Wednesday, January 22, 2025

सहकारी अभियान सगै समाजसेवा र गित संगितमा सकृय आचार्य

पछिल्लाे समाचार

चन्द्रपुर,१७ पुस । चन्द्रपुर–४ मा रहेको चन्द्रोदय बचत तथा ऋण सहकारी संस्था लि.को १४औ बार्षिक साधारणसभा बाट बसन्त आचार्य निर्बिरोध निर्बाचित भए उनी सहकारी अभियान सगै समाजसेवा तथा गित संगितमा पनि सकृय छन ।  ।
सो संस्थाको २ कार्यकाल उपाध्यक्ष भएर  पाएको जिम्मेवारी सफलता पुर्वक निर्बाह गरिसकेका उनी सनमाजिक कार्यकर्ताको रुपमा परिचित छन ।
चन्द्रपुर अस्पतालमा आउने बिरामीको लागि रगत उपलब्ध गराउने मुख्य भुमिका निभाउन होस वा अन्य अस्पतालमा आउने बिरामीको लागि वा काठमाडौ,भरतपुरका अस्पतालमा जाने बिरामीको लागि ऊनी सँग सम्पर्क भएका बिरामीको आफन्तले रगत उपलब्ध गराइदिनु आचार्य सकृय रहन्छन ।
सामाजीक काम, मानबिय सेवामा उनको नाम रौतहट लगाएतका जिल्लामा फैलदै गएको छ ।
  उनी सम्झन्छन,”  कोरोना कालमा दैनिकी रोजगारी गरि परिबारको दुईछाक टार्नेलाइ कोरोना प्रकोपका कारण महिनौं दिन सम्म काम नपाउदा खान धौधौ परेको अवस्थामा विभिन्न ब्यक्तित्व ,सहयोगी हरुबाट आर्थिक देखि जिन्सी सामान लिइ पिडितलाइ सहयोग थरेको ।
उनले एक २० परिवारको घरघरमा पुगि अन्न , लत्ताकपडा सहयोग गरेका थिए ।
पिडितको मुहारमा खुशी देख्दा मानव भएर मानबको सेवा गर्नुनै ठूलो धर्म गरिएको महसुस हुने उनि बताउछन् ।
चन्द्रपुर नगर उद्योग संघको संचालक समितिको सदस्यमा एक कार्यकाल बिताएका आचार्य हाल नेपाली कांग्रेसको ६ न वडाको उपसभापति  छन् ।
विभिन्न संघ संस्थामा समेत उनी कार्यरत छन भने चन्द्रोदयको संस्थापक सदस्य समेत रहेका उनी उपाध्यक्ष हुँदै अहिले  अध्यक्ष पदमा सर्बसहमत चयन भएका हुन ।
उनको परिचय सहकारीकर्मी, समाजसेवीमा मात्र नभै कुशल गितकार तथा साहित्यकार, तथा उत्कृष्ट कार्यक्रम प्रस्तोताको समेत उनको परिचय छ ।
आचार्यका शब्दहरु नेपालका प्रसिद्ध लोकप्रिय गायकहरु प्रमोद खरेल,आनन्द कार्की ले स्वर दिएका छन ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु