रौतहट २८ पुस ।सरस्वती पुजा नजिकिदै जांदा रौतहटका मुर्तिकारहरुलाई सरस्वतिको मुर्ति बनाउन भ्याइ नभ्याई भएको छ ।
सरस्वती पुजा आउंन करिव २ सातामात्रै बाकी रहेकोले मुर्तिकारहरु सरस्वतीको मुर्ति बनाउन निकै व्यस्त देखिएका छन ।
प्रत्येक वर्ष विद्याथीले श्रीपञ्चमीका दिन सरस्वतीको पुजा आराधना गर्ने गर्दछन ।
सरस्वतीको पुजा अर्चनामा मुर्तिको प्रतिमाको आवश्यक्ता पर्ने भएकाले जिल्लाको गरुडा, मलाहिटोल, कटहरिया, चन्द्रनिगाहपुर, मौलापुर, शिवनगर, हर्षाहा,मौलापुर,बंकुल,लगाएत सदरमुकाम गौर सहित बिभिन्न बिधालयहरुमा सरस्वतीको मुर्ति बनाउन कालिगढहरु लाई चटारो छ ।
एउटा सरस्वातीको मुर्ति तीन हजार देखि लिएर पाच हजार सम्ममा बिक्रि हुने गरेको मुर्तिकारहरुले बताएका छन ।
प्रत्येक वर्ष सरस्वती पुजाको समयमा एक महिनामा मुर्ति बनाएरै फुर्सद नहुने मुर्तिकार हरु बताउछन ।
रौतहटका अधिकांश निजी तथा सामुदायीक विद्यालयहरुले सरस्वती पुजाको दिनमा विद्यालयमा मुर्तिको प्रतिमा प्रतिस्थापन गरेर पुजा गर्ने गरेका छन् ।