गाैर ६ माघ । कृषि ज्ञान केन्द्र रौतहट को आयोजनामा तीन दिने विषादी व्यवस्थापन तालिम सम्पन्न भएकोछ।
आर्थिक वर्ष २०७९/०८० को स्वीकृत वार्षिक कार्यक्रम अनुसार कृषि ज्ञान केन्द्र गौर, रौतहटको आयोजना तथा बाली संरक्षण प्रयोगशाला, सिरहाको सहकार्यमा विषादी व्यवस्थापन सम्बन्धी ३दिने तालिम सम्पन्न भएको हो ।
कार्यक्रम गरुडा नगरपालिका स्थित कृषि शाखा शिवनगरमा संचालन तथा सम्पन्न भएको हो ।
विषादी व्यवस्थापन तालिममा ३० जना प्रत्येक नगरपालिका तथा गाउँपालिकाबाट सहभागी भएका थिए ।
कृषि ज्ञान केन्द्र रौतहटका प्रमुख, कमलदेव प्रसाद कुशवाहा, बाली संरक्षण प्रयोगशाला, सिरहाका प्रमुख, मोहन महतो, बालि संरक्षण अधिकृत मिश्रीलाल यादव, कृषि अर्थ विज्ञ, विपलव कुमार गुप्ताले प्रशिक्षण दिएका छन ।
सो तालिम समापन तथा प्रमाण पत्र वितरण समारोहको प्रमुख अतिथि गरुडा नगर पालिकाको नगर प्रमुख कन्तमणी जैयसवाल थिए ।