Thursday, January 23, 2025

रौतहट प्रहरी द्वारा फरार प्रतिवादीहरु पक्राउ

पछिल्लाे समाचार



रौतहट २१ पुस । अदालतको फैसला कार्यान्वयन गर्ने अभियान अन्तर्गत  कैद तथा जरिवाना सजाय भई  फरार रहेका हरुलाई रौतहट प्रहरीले पक्राउ गरेको छ ।
पुस २० र २१ गते विभिन्न स्थानमा पक्राउ परेकाहरुलाइ प्रहरीले अदालतमा पेश गरेको हो ।
ईलाका प्रहरी कार्यालय, राजपुरबाट खटिएको प्रहरी टोलीले राजपुर नपा १ पिप्रा भगवानपुर का ४२ बर्षिय लालबाबु राय यादवलाई पक्राउ गरेको छ । यादवलाई अदालतले १० हजार जरिवाना तोकेको छ ।
         यस्तै  कुटपिट तथा अंगभंग मुद्दामा १ सय ६२ रुपैया ५० पैसा जरिवाना भएका वर्ष ६० को रामजी साह सोनार ,सोही ठाउका वर्ष ४८ को राम बाबु राय यादव ,गाली बेईज्ती मुद्दाका प्रतिवादी वर्ष ७० को असर्फी ठाकुर लोहार ,लागु औषध मुद्दामा ८ दिन कैद र २ हजार.जरिवाना भएका फरार प्रतिवादी वडा नं.२ वस्ने वर्ष ६० को धनई साह तेली , एक हजार जरिवाना भएका फरार प्रतिवादी सोही ठाउँ बस्ने   वर्ष ५१ को शेख वसी अखत्तर ,एक हजार  जरिवाना भएका फरार प्रतिवादी सोही ठाउँ बस्ने वर्ष ६० को सफादत हजाम , एक हजार जरिवाना भएका फरार प्रतिवादी  वर्ष ७५ को शेख सहिद , सवारी ज्यान मुद्दामा १ महिना कैद भएका प्रतिवादी राजदेवी न.पा.२ वस्ने वर्ष ४० को उदय प्रकाश महतो लाई पक्राउ गरि अदालतमा पेश गरेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु