रौतहट ७ माघ ।रौतहट काठमाडौं सम्पर्क मञ्च द्वारा समसमयिक राजनैतिक बिषय मा प्रशिक्षण तथा मन्च का पुर्व अध्यक्ष हरु लाइ सम्मान कार्यक्रम गरेको छ ।
कार्यक्रम पार्टीका अध्यक्ष एव पुर्व प्रधानमन्त्री माधब कुमार नेपालको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ ।
कार्यक्रम को बिशेष अतिथि पार्टीका सचिवालय सदस्य घनश्याम भुषाल थिए ।
त्यस्तै कार्यक्रमका अतिथिहरु स्थायी कमिटी सदस्य एवं पूर्व मन्त्री डा. बंशीधर मिश्र, स्थायी कमिटी सदस्य कल्याणि खड्का, पार्टी पोलिट्ब्युरो सदस्य एवं सम्विधान सभा सदस्य राम कुमार भटराइ, केन्द्रीय सल्लाहकार परिषद् सदस्य शंकर बिश्वकर्मा, केन्द्रिय शहरी बिकास बिभाग सदस्य एब बुद्धिजीवी परिषद उपाध्यक्ष गिरीधर मिश्र, सम्पर्क बिशेष प्रदेश कमिटीका उपाध्यक्ष एवं केन्द्रीय कानुन बिभागका सदस्य नवराज तिमिल्सिना, मधेश प्रदेश सम्पर्क कमिटीका अध्यक्ष बेदनाथ कोइराला, केन्द्रीय कानुन बिभागका सदस्य गोपाल श्रेष्ठ, नेपाल पत्रकार महासघ केन्द्रिय सचिव गोविन्द चौलागाइ, प्रगतिशील प्राध्यापक सङठन का केन्दिय सदस्य दिपक गुप्ता, मुक्ति सङठन का महसचिव लिल बहादुर परियार, केन्द्रीय भौतिक पुर्वाधार तथा यातायात विभाग सदस्य तथा मधेश प्रदेश सम्पर्क कमिटीका सदस्य पार्वती दुलाल,लगाएतका पार्टीका नेता तथा विभिन्न संगठनका पदाधिकारीहरुको सहभागिता रहेको थियो ।कार्यक्रममा सम्पर्क मञ्चले ७ जना पूर्व अध्यक्षहरुलाई सम्मान गरेको छ ।
सम्मानित हुनेहरुमा सम्पर्कमञ्चका संस्थापक अध्यक्षहरु प्रज्ज्वल चापागाई , गिरीधर मिश्र ,नवराज तिमल्सिना, शंकर विश्वकर्मा ,गोपाल श्रेष्ठ ,चिनकुमारी सिवाकोटी र मिनप्रसाद गौतम छन ।
शुभकामना मन्तब्य को क्रम मा प्रमुख अतिथि माधव कुमार नेपालले नेपालको राजनैतिक साथै आर्थिक सामाजिक सांस्कृतिक क्षेत्रको रूपान्तरण र परिवर्तन आवश्यक भएको ओल्याउँदै इमान्दारिता निष्ठा र समर्पण भावले राजनीति गर्नुपर्नेमा जोड दिएका छन ।
बिशेष अतिथि घनश्याम भुषाल ले मन्च तथा पार्टी मा आतिथ्यता खायर नबसि देश भर पार्टी सङठन बिस्तार मा लागेको यो पार्टी सहि बिचार को भयको र जनता को रोजाइ को पार्टी बन्ने बिश्वास दिलाए ।
अतिथि कल्याणी खड्काले मन्च का सम्पुर्ण नेताहरु पार्टीका बिभिन्न सङठनमा महत्व पुर्ण जिम्बेवारी सहित सफल नेतृत्व गर्न सफल भयको मा खुशि ब्यक्त गरीन ।
सम्मानित पुर्व अध्यक्षहरु को तर्फ बाट बोल्नु हुने प्रज्वल चापागाइ ले मन्च ले रचनात्मक कार्य गर्ने गरेको र यो पुर्व अध्यक्ष हरु लाइ सम्मान गरेको मा बर्तमान कमिटी लाइ धन्यवाद ब्यक्त गरेका छन ।
कार्यक्रम सम्पर्क मञ्चका अध्यक्ष सचित कुइकेल को अध्यक्षता सम्पन्न भएको थियो भने सञ्चालन सचिव नमोनारायण झाले गरेका थिए ।